५ बैशाख २०८२, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कृषि र पर्यटन प्रवर्द्धन गर्न गैँडाकोटमा अठार दिने प्रदेश स्तरीय महोत्सव हुने
Banner NewsBanner news (with photo)अर्थव्यवस्थाकृषिगण्डकी प्रदेशताजा समाचारदेशमुख्य समाचारसफलताको कथास्थानीय तह

कृषि र पर्यटन प्रवर्द्धन गर्न गैँडाकोटमा अठार दिने प्रदेश स्तरीय महोत्सव हुने

नवलपरासी । कृषि उत्पादन र पर्यटकीय क्षेत्रको प्रर्वद्धनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा दोस्रो गण्डकी प्रदेश स्तरीय महोत्सव हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिको आयोजनामा जिल्लाको गैँडाकोट स्थित नारायणी नदी किनारमा महोत्सव गर्न लागिएको समितिका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो ।

कात्तिक २३ देखि मङ्सिर १० गतेसम्म सञ्चालन हुने महोत्सवबाट कृषि उत्पादनसहित पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष भट्टचनले बताए । महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन र नयाँ सम्भावनाको खोजी गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

Nepal Himalayas Tours and Travel

महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन र नयाँ सम्भावनाको खोज गर्न समेत सहयोग पुग्ने उहाँले बताउनुभयो ।

महोत्सवमा कृषि उत्पादनको प्रोत्साहनका लागि कृषि क्षेत्र तथा स्थानीय उत्पादनको बजारीकरणका लागि ५० वटासम्म स्टल निःशुल्क उपलब्ध गराइने छ । महोत्सवमा हस्तकला, कृषि, अटोमोबाइल्स, सूचना तथा प्रविधि, औद्योगिक उत्पादन, दैनिक उपभोग्य वस्तु, लत्ताकपडालगायत तीन सय वटा प्रदर्शन एवं बिक्री कक्ष रहनेछन् ।

गण्डकी प्रदेशस्तरीय महोत्सवले नवलपुरमा गण्डकी प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा घोषणा गरेको लोकाहा औद्योगिक क्षेत्र, शुक्लागण्डकी नगरपालिका, पोखरा महानगरपालिकामा निर्माणाधीन औद्योगिक ग्राम एवं धौबादी फलाम खानी निर्माणमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको अध्यक्ष भट्टचनले बताए ।

अठार दिनसम्म चल्ने महोत्सवमा तीन सयवटा स्टलहरू रहने आज आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । हस्तकला, कृषि, अटोमोबाइल्स, सूचना तथा प्रविधि, औद्योगिक उत्पादन, दैनिक उपभोग्य बस्तु, लत्ताकपडा लगायतका स्टलहरू महोत्सवमा रहने अध्यक्ष भट्टचनले बताउनुभयो । मेलामा वाल उद्यान सहित स्थानीय तथा राष्ट्रिय कलाकारको साँगीतिक प्रस्तुती समेत नियमित रुपमा रहने उहाँले बताउनुभयो ।

‘आर्थिक विकासको मूल आधार : कृषि, पर्यटन ,उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सव संचालनका लागि अनूमानित रु. १ करोड ७० लाख खर्च लाग्ने र खर्च कटाएर करिब रु. ३० लाख बचत हुने अनुमान गरिएको छ ।

महोत्सवबाट बचत भएको रकम नवलपुकार पर्यटकीय क्षेत्रको प्रर्वद्धन, उद्यमशीलता विकास र महिला उद्यमीहरु एवं जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको क्षमता अभिवृद्धिमा खर्च गरिने अध्यक्ष भट्टचनले बताउनुभयो ।

महोत्सव प्रवेश गर्न सर्वसाधारका लागि एक सय रुपैँया टिकट राखिएको छ । विद्यार्थीका लागि रु. ५० र ज्येष्ठ नागरिकका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले बताएको छ । यस्तै रु. एक सयको टिकट काट्नेहरुका लागि मौलाकाली केवलकारको भाडामा पचास प्रतिशत छुट प्रदान गरिने जनाइएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button