२८ असार २०८२, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
जंगली च्याउको तरकारी खाँदा एकै घरका पाँच जना बिरामी
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

जंगली च्याउको तरकारी खाँदा एकै घरका पाँच जना बिरामी

नवलपरासी । पूर्वी नवलपरासीमा जंगली च्याउको तरकारी पकाएर खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् ।

शनिबारको साँझको खानामा जंगली च्याउको तरकारी खाएका देवचुली नगरपालिका– २ का ४८ वर्षीय बाबुलाल राजवंशीको परिवार बिरामी परेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

Nepal Himalayas Tours and Travel

शनिबार दिउँसो नजिकैको जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाँदा बाबुलालसहित ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षीय मदन राजवंशी र ९ वर्षीया रिदिमा बिरामी परेका हुन् ।

खाना  खाएर सुतेका उनीहरुमा झाडापखाला हुने, रिंगटा लाग्नेसहितका लक्षण देखिएपछि सबैलाई उपचारको लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज चितवनमा भर्ना गरिएको छ । बिरामी सबैको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button