२१ असार २०८२, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
खबरदारी सभाअघि माओवादीले निकाल्यो जुलुस (तस्वीरहरू)
Banner NewsBanner news (with photo)ताजा समाचारदेशफिचरमुख्य समाचारराजनीति

खबरदारी सभाअघि माओवादीले निकाल्यो जुलुस (तस्वीरहरू)

काठमाडौँ। नेकपा माओवादी केन्द्रले भृकुटी मण्डपमा आयोजित विरोध सभाअघि जुलुस निकालेको छ ।

खबरदारी सभा अघि माओवादीले जुलुस निकालेको छ । काठमाडौं मलमा जम्मा भएर माओवादीले जुलुस निकालेको हो । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा जुलुस सुरु भएको हो ।

Nepal Himalayas Tours and Travel

आरएनएसी हुँदै अघि बढेको प्रदर्शन भृकुटीमण्डप पुगेपछि खबरदारी सभामा परिणत हुने माओवादी केन्द्रले जनाएको छ । जुलुसमा माओवादी शीर्ष नेताहरूका साथै कार्यकर्ताहरू सहभागी भएका छन् ।

माओवादीले बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको संयुक्त पहलमा जनप्रदर्शनसहित खबरदारीसभा गर्न लागेको छ ।

माओवादी केन्द्रले सहकारीपीडित, मिटरब्याज र लघुवित्त पीडितहरुको समस्या समाधानका लागि आवाज बुलन्द गर्न, मुलुकलाई दुई दलीय तानाशाही प्रणालीमा लैजाने उद्देश्यसहित राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रको पर्दाफास गर्न, राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन गर्न तथा सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिविरुद्ध खबरदारी गर्न थालेको जनाएको छ ।

कांग्रेस-एमाले गठबन्धनको सरकार गठन भएपछि सत्ताबाट बाहिरिएको ममाओवादीले पहिलोपटक सरकारविरुद्ध खबरदारी सभा गर्न लागेको हो ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको १०० दिनमा प्रतिपक्ष दलहरूले ध्यानाकर्षण गराएका थिए ।

खबरदारी सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्वोधन गर्नेछन् । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै माओवादीले आज खबरदारी सभा आयोजना गरेको छ ।

maoist-protest today nepal

maoist-protest today nepal

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button