३२ जेष्ठ २०८२, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
जलवायु परिवर्तनको असरले हामी सबैभन्दा बढी पीडित छौं : प्रधानमन्त्री ‌ओली
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारविचार दृष्टिकोणसूचना / प्रबिधिस्वास्थ्य

जलवायु परिवर्तनको असरले हामी सबैभन्दा बढी पीडित छौं : प्रधानमन्त्री ‌ओली

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनको असरले सबै भन्दा बढी पीडित र असर नेपाललाई गरेको बताएका छन् । आज (शनिबार) राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘जलवायु परिवर्तनको असरले हामी सबैभन्दा बढी पीडित हौं,’ उनले भने, ‘बिगार्ने हामी होइनौं ।’

Nepal Himalayas Tours and Travel

जलवायु परिवर्तनका बारेमा नेपालले सशक्त आवाज उठाउनेमा लिड गरेको प्रधानमन्त्री ओलीले दाबी गरे। समुन्द्री सतह बढ्नु र हिमालहरु पग्लन थाल्नु अहिलेको ठूलो समस्या भएको उनको भनाइ छ । उनले भने, ‘यसको कारण कार्बन उत्सर्जन हो । यसलाई कमी गर्नुपर्छ । कार्बन उत्सर्जनमा हाम्रो भूमिका छैन । हाम्रो हिमाल जस्तो थियो त्यस्तो राख्नु पर्छ ।’ प्रधानमन्त्री ओलीले जलवायुको मुद्दामा नेपालले नेतृत्वदायी भूमिका खेलेको दाबी गरे ।

नेपाल जलवायुमा सबैभन्दा बढी असर पर्ने, क्षति हुने भूगोल भएकोले पनि नेतृत्वदायी भूमिका खेलेको बताए। जलवायु बिगार्ने अरू देश र सजाय पाउने आफूहरू भएको उनले उल्लेख गरे । यो वर्षको कोप १९ सम्मेलनमा सरकार प्रभावकारी ढङ्गले प्रस्तुत हुने पनि प्रधानमन्त्री ओलीले बताए ।

उनले अहिले जलवायु न्यायको विषय पनि उठेको बताउँदै यसबारे कार्यपत्र प्रस्तुत गर्ने न्यायाधीश सपना मल्ल प्रधानको प्रशंसा गरे । विश्वतापमा बढेका कारण हिउँ पग्निे समस्या रहेको बताउँदै नेपालका यी सबै विषयहरू आफूले अन्तर्राष्ट्रिय मञ्चमा पनि व्यक्त गरेको बताए । मधेस प्रदेशमा उत्तरतिर केही रुख भए पनि दक्षिणतिर लागेपछि बोटबिरुवा नै नभएको अवस्था रहेको बताए ।

त्यसका लागि वृक्षारोपण कार्यक्रम अघि बढाउन आवश्यक रहेको उल्लेख गरे । समुन्द्र र हिमालको सर्कलबाट नै जलवायु बन्ने र त्यसलाई सूर्यले सहयोग गर्ने बताए। समुन्द्रको हावा हिमालमा ठोक्किएर जलवायु बन्ने उनले बताए।ओलीले समुन्द्रमा भएको प्रदुर्षणका कारण त्यहाँको जलवास्पबाट बादल बनेर वर्षा हुँदा हिउँ पग्लने गरेको दाबी गरे । जलवायु परिवर्तनबाट सबैभन्दा बढी अल्पविकसित देशमा मानिसहरू प्रभावित भएको उल्लेख गर्दै पराल बाल्ने, बनको डढेलो लगायत वातावरण प्रदुर्षणबाट महिला, बालबालिका र जेष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएको उल्लेख गरे ।

उनले भने, ‘मन्त्रालयका सचिवज्यूले हाम्रो हिमाल अहिले जस्तो छ त्यस्तै राख्ने भन्नु भयो, त्यस्तो हैन, जस्तो थियो त्यस्तै बनाउनु पर्छ । दिगो विकासका जुन लक्ष्यहरू तोकिएको थियो, त्यो उद्देश्य पूरा गर्न हामीले ७० प्रतिशत काम गर्न सकेका रहेछौँ । अलिकति खुसीको कुरा के हो भने विश्वका तुलनामा केही गरेन भनेको नेपालले टार्गेट पूरा गर्न ४८ प्रतिशत काम पूरा गरेका रहेछौँ ।’ उनले वातावरण प्रदुर्षण गर्ने देशहरूले नेपाललाई सहयोग गर्नुपर्ने बताए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button