१३ कार्तिक २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन गर्ने निर्णय
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिविचार दृष्टिकोणसूचना / प्रबिधि

वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन गर्ने निर्णय

चितवन । वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय गरेको हो ।

Nepal Himalayas Tours and Travel

सम्मेलनमा वन मन्त्रालयका सचिव दीपककुमार खरालले वन मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपालको जलवायु परिवर्तनमा समन्वयको कुरा अत्यन्त महत्त्वपूर्ण छ । वन तथा वातावरण मन्त्रालय हिजो भएको परिषद्को बैठकबाट यस मन्त्रालयलाई वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालयको रूपमा नामाङ्कन गर्न निर्देशन भएको छ । त्यो अनुसार हामी जाँदैछौँ ।’’ उहाँले जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रूपमा अघि बढाएर लैजाने योजनामा सरकार रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनबाट नेपालको विशेष परिवेश, पर्वतीय भूगोलको कारणले धेरै समस्या र चुनौतीहरू महसुस गरिरहेको पनि उल्लेख गर्नुभयो ।

‘‘जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रूपमा अघि बढाएर लैजाने योजनामा हामी छौँ । जलवायु परिवर्तनबाट नेपालको विशेष परिवेश, पर्वतीय भूगोलको कारणले धेरै समस्या र चुनौतीहरू महसुस गरिरहेका छौँ ।,’’ सचिव खरालले भन्नुभयो, ‘‘जलवायु परिवर्तनको एउटा मुख्य कारक हुँदाहुँदै त्यसमा थपिएको हाम्रो पर्वतीय शृङ्खलाको एउटा संवेदनशील कारणले आफ्नो फाइदा पनि छ, यसको मूल्य पनि छ ।’’

सचिव खरालले जलवायु परिवर्तनका कारणले नेपालले ठुलो क्षति व्यहोरिरहेको बताउनुभयो । जलवायु परिवर्तनको समस्या नेपालका कारण नभएको जानकारी उहाँले दिनुभयो ।

शनिबार काठमाडौँमा कोप-२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले देशको पोजिसन पेपर बनाउन राष्ट्रिय सम्मेलन आयोजना गरेको हो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button