२ असार २०८२, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
अमेरिकाविरुद्ध टी-२० सिरिज : नेपालको ‘क्लिन स्वीप’
Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशमुख्य समाचारसफलताको कथा

अमेरिकाविरुद्ध टी-२० सिरिज : नेपालको ‘क्लिन स्वीप’

चितवन। नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिज ‘क्लिन स्वीप’ गरेको छ । यस संगै टी–२० क्रिकेट प्रतियोगितामा नेपालले इतिहास रचेको छ । नेपालले पहिलो पटक अमेरिकामाथि उसकै भूमिमा तीन खेलको टी–२० क्रिकेट श्रृंखलामा क्लिन स्वीप गर्दै इतिहास रचेको हो । नेपालको यो विदेशी भूमिमा टी–२० मा अहिलेसम्मकै ठूलो श्रृंखला जित उपलब्धि हो ।

Nepal Himalayas Tours and Travel

तेस्रो तथा अन्तिम खेलमा सोमबार ८ विकेटको जित हासिल गर्दै नेपालले अमेरिकालाई तीन खेलको श्रृंखलामा ३–० ले हराएको हो । नेपालले पहिलो पटक अमेरिकासँग टी–२० श्रृंखला खेलेको हो । यसअघि एउटा मात्र खेल भएको थियो । उक्त खेल पनि नेपालले नै जितेको थियो ।

डालासमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै अमेरिकाले ५ विकेटको क्षतिमा एक सय ५६ रन बनायो । अमेरिकाका लागि साइतेजा मुखमल्लले सर्वाधिक ६८ रन जोडे । मिलिन्द कुमारले ३५ बलमा अविजित रहँदै ४३ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले २७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै रिजन ढकाल र ललित राजवंशीले १–१ विकेट लिए ।

जवाफमा नेपालले १८.४ ओभरमा २ विकेटको क्षतिमा सहजै जित हासिल गर्यो । नेपालका लागि आसिफ शेखले ३९ बलमा ५०, कुशल मल्लले ३० बलमा अविजित रहँदै ४४ तथा कुशल भुर्तेलले ३२ बलमा अविजित रहँदै ४० रन बनाए । आसिफ शेख ११ बलमा १३ रन बनाएर आउट भए ।

लगातार दोस्रो जित हासिल गर्ने क्रममा अमेरिकालाई आइतबार भएको दोस्रो खेलमा सुपर ओभरमा हराएर तीन खेलको श्रृंखलामा २–० को पकड बनाउँदै एक खेल अगावै श्रृंखला जितेको हो ।

नेपालले पहिलो पटक अमेरिकाविरुद्ध टी–२० खेलेको हो । सोही खेलमै नेपाललाई सफलता मिलेको हो ।

तीन खेलमा पाँच विकेट लिएका नेपालका सोमपाल कामीले प्लेयर अफ द सिरिजको उपाधि पाए । उनले यसबाहेक दोस्रो खेलको सुपर ओभरमा नेपालका लागि महत्त्वपूर्ण दुई विकेट लिएर खेल नेपालको पक्षमा पारेका थिए ।

सिरिजमा नेपालका कुशल भुर्तेल सर्वाधिक रन बनाउन खेलाडी बने । उनले तीन खेलमा १४२ रन बनाए ।

 

sompal kami nepal Aasif shekh nepal

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button