२ कार्तिक २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदिनँ : भरतपुर-१२ का अध्यक्ष पन्त
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारमुख्य समाचारविचार दृष्टिकोणसफलताको कथासूचना / प्रबिधिस्थानीय तह

सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदिनँ : भरतपुर-१२ का अध्यक्ष पन्त

चितवन। भरतपुर  महानगरपालिका–१२ का अध्यक्ष लेखराज पन्तले आफ्नो वडाका विपन्नलाई दशैँमा मासुचिउरा  वितरण गर्नुभएको छ ।

उहाँले भरतपुर–१२ का दुई सय ५५ परिवारलाई प्रति परिवार दुई किलो मासु र दुई किलो चिउरा वितरण गर्नुभएको हो । उहाँले सामाजिक सञ्जालमा आह्वान गरेर मासु किनेर खान नसक्ने विपन्नलाई आफूसँग सम्पर्क गर्नुभएको थियो । उहाँले भन्नुभयो, “वडाभरिका सबैलाई मैले आह्वान गरेर विपन्नलाई आफ्नै निजी खर्च गरेर मासु चिउरा बाँडे ।” बाह्रै महिना सहयोग माग्न आउनेहरुलाई रित्तो हात फर्काउँदिन।”

Nepal Himalayas Tours and Travel

उनले भने, “वडाभरिका सबैलाई मैले आह्वान गरेर विपन्नलाई आफ्नै निजी खर्च गरेर मासु चिउरा बाँडे।”

वडाध्यक्ष पन्तले वडा कार्यालयमा दानपेटिका राखेर सक्नेलाई सहयोग गर्न आह्वान समेत गर्दै आएका छन्। त्यहाँ सङ्कलित रकमले पनि उनले विपन्नका लागि सहयोग गर्छन्। गत तीजमा उनले विभिन्न आमा समूह, टोल सुधार समितिहरूमार्फत तीजको दर खुवाउने र समूहलाई पोसाकको साडी बाँडेका थिए।

उनले भने, “तीजमा तीन लाख रूपैयाँ खर्च भएको थियो। तीज मनाउन खर्च माग्ने कोही खाली हात फर्केनन्। वडाभित्रका टोल र आमा समूहलाई ६ सयभन्दा बढी पोसाकका साडी वितरण गरिसकेको छु। ” तिहारमा उनको घरमा भैलो खेल्ने पालो पाउन मुस्किल हुने जनाइएको छ। पचास समूहभन्दा बढी भैलो खेल्न आउने गरेको उनको भनाइ छ।

उनले भने, “गत वर्षको तिहारमा पाँच लाख रूपैयाँ बढी दान गरेको थिएँ।”

गत भदौ १५ गते उनले आफ्नो जन्मदिनमा १८ लाख ६० हजार रूपैयाँ बराबरको दान गरेका थिए। आफ्नै वडाको एक मन्दिरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीसहितको उपस्थितिमा उनले विभिन्न सङ्घसंस्था र विद्यालयका विद्यार्थीलाई नगद एवं लत्ताकपडा बाँडे।

उनले भने, “जन्मदिन, तीज, दसैँ, तिहारमा मात्रै होइन, बाह्रै महिना सहयोग माग्न आउनेहरुलाई रित्तो हात फर्काउँदिन।”

जिल्लाका सङ्घसंस्थाहरू धेरैले एकपटक उनीसँग सहयोग पाइसकेका छन्। विभिन्न क्लबले आयोजना गर्ने खेलकुदमा उनको सहयोग हुने गर्दछ। जनप्रतिनिधि भएपछि यकिन हिसाब नभए पनि एक करोड रूपैयाँभन्दा बढी निजी रकम दान गरिसकेको उनले बताए। उनले स्थानीय हिमालय स्कुलमा २२ लाख, रोटरी करुणालय देवघाटमा १५ लाख, गणेशधाम संरक्षणमा १५ लाख रूपैयाँ सहयोग गरेका छन्। यसका अतिरिक्त क्रिकेट रङ्गशाला, मठमन्दिरहरूमा पनि सहयोग गर्दै आएका छन्।

उनले वडाध्यक्ष वापतको रकम सबै दानमा खर्च गर्छन्। वर्षमा पाँच लाख हाराहारी आउने र त्यो सबै चेकमार्फत सोझै सहयोग गर्ने गरेको उनको भनाइ छ। वडा कार्यालयमा राखिएको दानपेटिकामा वार्षिक उठ्ने चार लाख हाराहारी विपन्न बिरामी, दाहासंस्कारका लागि आवश्यक दाउरा, किरिया खर्च, बाटो खर्चलगायत सहयोग गर्ने गरेको वडाध्यक्ष पन्तले बताए।

बाग्लुङ नगरपालिका–७ मा जन्मिएका पन्त विसं २०४८ बाट चितवनमा बसोबास गर्दै आएका छन्। उनले आफ्नो आम्दानी समाजसेवामा खर्च गर्दै आएका छन्।

उनले भने, “दुःखी, असहाय र सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा मलाई निकै आनन्द आउँछ।”

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button