३२ जेष्ठ २०८२, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
दशैँ मान्‍न काठमाडौंबाट १३ लाख मान्छे बाहिरिए
Banner NewsBanner news (with photo)चाडपर्व विशेषताजा समाचारदेशप्रवास

दशैँ मान्‍न काठमाडौंबाट १३ लाख मान्छे बाहिरिए

काठमाडौं । दशैँका लागि एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या आजसम्मको हो।

Nepal Himalayas Tours and Travel

अठार लाख मानिस दशैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले जानकारी दिए।

“हामीले यस वर्ष दशैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ” उनले भने “तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन्।” अघिल्लो वर्षको दशैँमा १८ लाख मानिस काठमाडौंबाट बाहिरिएका थिए।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button