७ फाल्गुन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
फूलपातीको दिन निगमको न्यारोबडी काठमाडौं-भैरहवा उडान हुने
Banner NewsBanner news (with photo)चाडपर्व विशेषताजा समाचारदेशपर्यटनप्रवासप्राविधिक समाचारमुख्य समाचारसफलताको कथासूचना / प्रबिधि

फूलपातीको दिन निगमको न्यारोबडी काठमाडौं-भैरहवा उडान हुने

काठमाडौं । नेपाल वायुसेवा निगमले आगामी फूलपातीको दिन काठमाडौंबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ ।

निगमले सोमबार विज्ञप्ति जारी गरी असोज २४ गते न्यारोबडी जहाजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न लागिएको जानकारी दिएको हो ।

निगमसँगै हिमालय एयरलाइन्सले पनि अनुमति पाए काठमाडौं-भैरहवा उडान र पोखरामा उडान गर्ने भएको छ ।

Nepal Himalayas Tours and Travel

निगमले आगामी फूलपाती (२४ गते विहीबार)का दिन काठमाडौंबाट यात्रु लिएर भैरहवा जाने भएको छ । यी दुबै वायुसेवाले न्यारोबडी जहाज लिएर आन्तरिक उडानका यात्रुलाई सेवा दिने भएका छन् ।

वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले फूलपातीको दिन विहान एउटा उडान काठमाडौंबाट भैरहवा गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष अनुमति मागेको बताए । उनका अनुसार सोमबार अनुमति आउने र त्यसपछि कति भाडा लिने, समय कति बजे हुने भन्ने विषय तय गर्ने पनि जानकारी दिए ।

अन्तर्राष्ट्रिय उडानका यात्रुकोसमेतको चाप रहेकोले त्यसलाई पनि ध्यानमा दिएर दशैंमा टिकेट नपाएर घर जान नपाएका यात्रुलाई उद्दार उडान गर्न खोजिएको पनि पौडेलले बताए ।

निगमसँग १५८ सिट क्षमतको न्यारोबडी जहाज छ । यसले एउटा उडान गर्दा एकैपटकमा आन्तरिक उडानमा एटीआरले दुई उडान गर्दा लैजाने यात्रु एकैपटक सेवा दिने भएकोले बाढी पहिरोका कारण सडक अबरुद्ध भएर दशैं मनाउन जान नपाएका यात्रुलाई सहज हुने बुझाई निगमको छ ।

पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डले २ दिन अगाडि मात्रै आन्तरिक उडानमा चाप परेकोले आन्तरिक उडानको गन्तव्यमा न्यारोबडीबाट सेवा दिएर यात्रुको माग सम्बोधन गर्न आग्रह गरेका थिए ।

निगमसँगै हिमालय एयरलाइन्सले पनि सरकारले उडान अनुमति दिए काठमाडौंबाट पोखरा र भैरहवामा उडान गर्ने हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए । श्रेष्ठले भने ‘हामीसँग आन्तरिक उडानको अनुमति छैन्, सरकारले उडान गर्नुपर्ने भनेको अवस्थामा हामी तयार चाहिँ छौं । श्रेष्ठका अनुसार अहिलेसम्म उडान अनुमति भने मागिएको छैन ।

‘देशमा बाढी पहिरोले निम्त्याएको विपत्तिका बेला सरकारले उडान अनुमति दिएर भैरहवा र पोखरा उडान गर्न भनेको अवस्थामा हामी तयारी अवस्थामा भने बसेको छौं,’ श्रेष्ठले भने ।

आरए १७३३ उडान नम्बर रहेको जहाज बिहान ११ बजे काठमाडौंबाट उड्ने भएको छ । यस उडानमा ३० किलोसम्म लगेज नि:शुल्क बोक्ने समेत नेवानिले जनाएको छ ।

सोही जहाज १२ः३० बजे भैरहवाबाट काठमाडौं उड्ने छ । जसको भाडा ३ हजार ८९० राखिएको छ । यस उडानका लागि निगमको कार्यालय, वेबसाइट र आफ्नो मोबाइलबाटै अनलाइन टिकट समेत लिन सकिने नेवानिको भनाइ छ । यो १५८ सिटे जहाज हो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button