२२ आश्विन २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बाढी-पहिरोबाट २१ जिल्ला बढी प्रभावित, १७ अर्बभन्दा बढीको क्षति
Banner NewsBanner news (with photo)ताजा समाचारदुर्घटना विशेषदेशप्रवासबिचित्रमुख्य समाचारमौसम समाचारसडक दुर्घटनासुरक्षा/अपराधस्थानीय तह

बाढी-पहिरोबाट २१ जिल्ला बढी प्रभावित, १७ अर्बभन्दा बढीको क्षति

चितवन। असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको सरकारको प्रारम्भिक अनुमान छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारका मुख्यसचिव एकनारायण अर्यालले प्रारम्भिक क्षतिबारे जानकारी दिएका हुन् ।

Nepal Himalayas Tours and Travel

अर्यालका अनुसार बाढीपहिरो र डुवानबाट खानेपानीको संरचनामा ३ खर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको प्रारम्भिक अनुमान छ । त्यस्तै ऊर्जातर्फ ४ अर्ब, सिँचाइतर्फ २ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको छ ।
कृषि बालीमा भएको क्षतिको विवरण एक महिनाभित्र तयार पारिने मुख्य सचिव अर्यालले बताए

खोज तथा उद्दार कार्य २ दिनभित्र सक्ने र राहतलाई एकद्धार प्रणालीमार्फत वितरण गर्ने सरकारको योजना छ । घरबारबिहीन भएकाहरुलाई सरकारले तोकेको स्थानमा अस्थायी आवास बनाउन दिइने मुख्य सचिव अर्यालले जानकारी दिए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले प्रस्तुत गरेको प्रेस विज्ञप्तिमा विपद्का कारण दुई सय २४ को मृत्यु, २४ बेपत्ता र १५८ घाइते तथा उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको उल्लेख छ।

सरकारले विपद्पछि खोजीकार्यमा ३० हजार ७०० सुरक्षाकर्मीसहित हेलिकोप्टर समेत परिचालन भएको जनाएको छ ।

विपाद्को घटनाबाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन्।

आज भएको पत्रकार सम्मेलन:

press conference

press conference

 

 

 

 

 

 

 

 

 

 

 

 

 press conference press conference

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button