२ असार २०८२, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बर्दघाट–दाउन्ने सडक आज रातभरि बन्द रहने
Banner NewsBanner news (with photo)गण्डकी प्रदेशताजा समाचारदेशप्राविधिक समाचारमुख्य समाचारसूचना / प्रबिधि

बर्दघाट–दाउन्ने सडक आज रातभरि बन्द रहने

चितवन। एकतर्फी सञ्चालनमा आएको पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–दाउन्ने सडक खण्ड मङ्गलबार रातभरि पूर्ण रूपमा बन्द गरिने भएको छ।

Nepal Himalayas Tours and Travel

जिल्ला प्रशासन कार्यालय नवलपरासीले मङ्गलबार एक सूचना प्रकाशित गर्दै असोज १५ गते राति १० बजेदेखि असोज १६ गते बिहान ५ बजेसम्म यो खण्ड पूर्ण रूपमा बन्द हुने जनाएको छ। बर्दघाट नगरपालिका–४ दाउन्ने जंगलको खुर्साने खोलास्थित राजमार्गमा रिटेनिङ वाल भत्किएको छ।

daunne-sadak-noticed

साथै करिब ४ सय मिटर सडक भास्सिएको छ। सडक भास्सिँदा विद्युत् प्रसारणको हाइटेन्सन टावर समेत ढलेको छ।सोमबार साँझबाट अवरुद्ध बाटो रातभर काम गरी मंगलबार बिहान पौने ९ बजे एकतर्फी खुला गरिएको थियो। सडक मर्मत गरी सहज यातायात खुलाउने प्रयोजनका लागि मङ्गलबार रातभरि बन्द गरिने प्रशासनले जनाएको छ। बर्दघाट बजारबाट दाउन्ने बजारसम्म अत्यावश्यकबाहेकका सबै सवारी साधन बन्द हुने प्रशासनले उल्लेख गरेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button