२२ आश्विन २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
काठमाडौंबाट आज साँझदेखि यात्रु बस चल्ने
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारवाग्मती प्रदेशसूचना / प्रबिधि

काठमाडौंबाट आज साँझदेखि यात्रु बस चल्ने

चितवन। आज (सोमबार)देखि नै काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने सार्वजनिक सवारीहरु सञ्चालन हुने र यात्रु बस चल्ने भएको छ। बसहरुले टिकट बेच्न थालेपछि नयाँ बसपार्कमा अहिले काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुको भीड छ।

Nepal Himalayas Tours and Travel

सार्वजनिक सवारी नचल्दा राजधानीमा दशैंको मुखमा सयौं यात्रु अलपत्र छन्। नयाँ बसपार्क व्यवस्थापन गरिरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिका व्यवस्थापक पंकज मल्लका अनुसार अरनिको राजमार्ग भएर जाने दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे लगायतकाबाहेक अन्य सबैजसो जिल्लाका लागि छुट्ने सार्वजनिक बसहरु पठाउने तयारी हुँदैछ।

त्रिभुवन राजपथ, पृथ्वीरामार्ग, नारायणगढ मुग्लिन र पूर्वपश्चिम राजमार्ग भएर विभिन्न जिल्लामा जाने यात्रुबाहक सवारीहरु छुट्ने छन्। शुक्रबार साँझदेखि लगातारको वर्षा र राजमार्गहरुमा बाढी र पहिरोका कारण भइरहेको अवरोधका कारण काठमाडौंबाट लामो दूरीका सवारी छुट्न पाएका थिएनन्। काठमाडौं आउँदै गरेका यात्रु बाटोमै अलपत्र परेको थिए भने नागढुंगा नाका भएर आउ–जाउ अवरुद्ध थियो।

अवरोधहरु हटाउने क्रम सकिन लागेसँगै काठमाडौंबाट छुट्ने सार्वजनिक यात्रु बस चल्ने भनेर यात्रु बोकेर जान अनुमति दिन लागिएको हो। महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्की धादिङको झ्याप्ले खोला तथा सिम्लेमा सडकमा अहिले पनि आंशिक अवरोध रहेको र त्यो हट्नासाथ बसरु छुट्न दिइने बताउँछन्।

पानी परेमा वा सडकमा अवरोधहरु आएमा भने सवारीलाई रोकिने प्रहरी नायब उपरीक्षक कार्कीले बताए। अहिले केही सवारीहरु नागढुंगा नाकातर्फ हिँडिसकेको प्रहरीले बताएको छ। सडक तथा पुलमा भएको क्षतिका कारण बिपी र अरनिको राजमार्ग भएर चल्ने सवारी भने कहिलेदेखि सञ्चालनमा आउँछन् भन्ने अनिश्चित छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button