२२ आश्विन २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बागमती सरकारले नख्खु खोलाले बगाएका दुई जना बचाएका चणिकलाललाई सम्मान गर्ने
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारमौसम समाचारसफलताको कथासुरक्षा/अपराध

बागमती सरकारले नख्खु खोलाले बगाएका दुई जना बचाएका चणिकलाललाई सम्मान गर्ने

चितवन।  बागमती प्रदेश सरकारले ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका चार जनामध्ये दुई जनाको उद्दार गरेका चणिकलाललाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । उनलाई डेढ लाख नगदसहित प्रदेश सरकारले सम्मान गर्न लागेको हो । ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलामा शनिवार बाढीमा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका तामाङलाई बागमती प्रदेश सरकारले डेढलाख नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।

Nepal Himalayas Tours and Travel

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गरेका छन् । उनले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गरेका हुन् ।

‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताए ।

काभ्रेको तेमाल गाउँपालिका–९ चोकटार घर भएका तामाङ माओवादी केन्द्र निकट सहिद परिवारका सदस्य हुन् । उनका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’ को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गरेका थिए ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले चाणिकलालको साहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिएका छन् । काभ्रेको तेमाल गाउँपालिका–९ चोकटारका तामाङले गत शनिवार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी ६ वर्षीया छोरी मेघना साह र राजुका भाई २२ वर्षीय राज साहको उद्दार गरेका थिए ।

नक्खु खोला किनारमा ग्रिल कारखाना र कवाड सामान राख्ने टहरोमा बस्दै आएका रौतहटका राजु साह, उनकी छ वर्षीय छोरी मेघना साह, राजुका भाइ राज साह र राजकी चार वर्षीय छोरी सेर्तु साहलाई खोलाले बगाएको थियो ।

काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले दुई जनालाई उद्धार गरी बचाएका थिए भने एक जना आफैं पौडिएर निस्कन सफल भए । राजकी चार वर्षीय छोरी सेर्तु अझै पनि बेपत्ता छिन् ।

चणिकलाललाई टेलिफोनमार्फत् साहासिक कामका लागि धन्यावाद दिएको बताउँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारले नगदसहित सम्मान गर्न लागेको जानकारी तामाङलाई गराइएको जानकारी दिए ।

विपद् प्रतिकार्यमा तामाङले खेलेको भुमिकाले नागरिक स्तरमा समाजसेवी भावना जागृत गरेको बताउँदै मुख्यमन्त्री लामाले सामाजिक कामका लागि सम्मान गर्न लागिएको जानकारी दिए । तामाङको साहासिक कार्यले विपद् व्यवस्थापनमा आम नागरिकले कस्तो भूमिका खेल्न सक्छन् भन्ने उदाहरण र प्रेरणा मिलेको बताउँदै मुख्यमन्त्री लामाले आगामी दिनमा विपद् प्रतिकार्यका लागि तामाङ जस्ता युवालाई प्रदेश सरकारले साथमा लिने बताए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button