३२ जेष्ठ २०८२, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
४ अर्ब ८४ करोडको कारोबार, सेयर बजारमा टिक्न सकेन वृद्धि, नेप्सेमा ३२.८१ अंकको गिरावट
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशमुख्य समाचारशेयर बजार विशेष

४ अर्ब ८४ करोडको कारोबार, सेयर बजारमा टिक्न सकेन वृद्धि, नेप्सेमा ३२.८१ अंकको गिरावट

चितवन। साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३२.८१ अंकले घटेर दुई हजार ४ सय ८६ दशमलव ७६ विन्दुमा बन्द भएको हो ।

Nepal Himalayas Tours and Travel

नेप्सेमा ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँमा सिमित बनेको छ। आज कारोबार भएका कम्पनीमध्ये ३९ वटा कम्पनीको बढेको छ भने २०१ वटा कम्पनीको शेयरमूल्य दोहोरो अंकको गिरावट भयको छ। ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा वीन नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ९.८५ प्रतिशतले बढेर प्रतिकित्ता २९०० रुपैयाँ पुगेको छ ।

ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । अपी पावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ४७ करोड ९९ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार विन नेपाल लघुवित्त नौ दशमलव ८५, बोटलर्स नेपाल बालाजु पाँच दशमलव शून्य छ, एसबिएल डिवेञ्चर पाँच दशमलव शून्य पाँच, एनआइसी एसिया डिवेञ्चर चार दशमलव ५६ र एनएमबी डिवेञ्चरका लगानीकर्ताले चार दशमलव शून्य तीन प्रतिशतले कमाएका छन्।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button