२२ आश्विन २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
१३.५ महिनाको वस्तु तथा सेवा आयात धान्ने, विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब पुग्यो
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियअर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशबिचारमुख्य समाचारसफलताको कथासूचना / प्रबिधि

१३.५ महिनाको वस्तु तथा सेवा आयात धान्ने, विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब पुग्यो

चितवन। नेपालको विदेशी मुद्रा सञ्चिति बढेको छ। पछिल्लो समय अर्थतन्त्रमा बाह्य क्षेत्रकाे ठूलो सुधार भएको देखिन्छ।

विदेशिने युवाविद्यार्थी र वैदेशिक रोजगारीमा गएका नेपालीहरूले धमाधम विदेशबाट रेमिट्यान्स पठाउँदा विदेशी विनिमय मुद्रा सञ्चिति वृद्धि भएको देखिन्छ ।

Nepal Himalayas Tours and Travel

नेपाल राष्ट्र बैंकका अनुसार गत साउनसम्म विदेशीमुद्रा सञ्चिति २१ खर्ब रुपैयाँ पुगेको छ। जबकि असारसम्म २० खर्ब ४१ अर्ब १० रुपैयाँ मात्रै विदेशी मुद्रा सञ्चिति थियो । साउनसम्म कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशत बढेर २० अर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २ महिनामा २.० प्रतिशत बढेर ५ अर्ब ५८ करोड पुगेको छ । गत असारसम्म अमेरिकी डलरमा १५ अर्ब २७ करोड सञ्चिति थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ साउन मसान्तमा १.९ प्रतिशतले वृद्धि भई १८ खर्ब ८३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ साउन मसान्तमा ८.४ प्रतिशतले वद्धि भई २ खर्ब ८ अर्ब ७९ करोड रुपैयाँ कायम भएको छ । २०८१ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button