२२ आश्विन २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
इजरायलद्वारा लेबनानमा आक्रमण जारी, बुधबार मात्रै १५ जना मारिए
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराध

इजरायलद्वारा लेबनानमा आक्रमण जारी, बुधबार मात्रै १५ जना मारिए

चितवन। इजरायल र हिजबुल्लाहबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै अमेरिका, युरोपेली युनियन (ईयू) र सहयोगी राष्ट्रहरूले लेबनानमा आक्रमण तत्काल २१ दिने युद्धविरामको प्रस्ताव गरेका छन् । ११ सहयोगी राष्ट्रले यो समस्याको समाधान खोज्न र गाजामा युद्धविरामको प्रस्ताव गरेका छन् ।

Nepal Himalayas Tours and Travel

अमेरिका, ईयू र सहयोगी राष्ट्रहरूले आफ्नो संयुक्त विज्ञप्तिमा यी देशहरू (इजरायल, लेबनान, प्यालेस्टाइन) बीचको दुस्मनी हाल असह्य भएको बताएका छन् । यसले सम्पूर्ण क्षेत्रमा युद्धको खतरा बढेको छ ।

यो लेबनान र इजरायलका जनताको हितमा छैन । इजरायली सेना लेबनानमा प्रवेश गरेर आक्रमण गर्ने सम्भावना बढेको छ । बीबीसी लण्डनका अनुसार इजरायली सेना प्रमुखले त्यस्तो संकेत गरेका हुन् । उनले आफ्ना सैनिकहरूलाई भनेका छन्–हिजबुल्लाहविरुद्धको हवाई आक्रमणले शत्रुको क्षेत्रमा प्रवेश गर्ने बाटो खोल्न सक्छ ।

हिजबुल्लाह हमास होइन, इजरायलले अर्को युद्ध थेग्न सक्छ ?

युद्धविरामको यो प्रस्ताव इजरायली सेना प्रमुखको एक घोषणापछि गरिएको हो । हवाई हमलापछि इजरायलले लेबनानस्थित हिजबुल्लाहका ठेगानाहरूमा जमिन आक्रमणको तयारी गरिरहेको उनले बताएका थिए ।

इजरायलले विगत तीन दिनदेखि लेबनानस्थित हिजबुल्लाहका ठेगानामा हवाई आक्रमण गरिरहेको छ । हिजबुल्लाहले पनि जवाफी कारबाही गरेको छ । इजरायली आक्रमणमा हालसम्म करिब ५०० जनाको मृत्यु भइसकेको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेना के गर्न चाहन्छ ?

लेफ्टिनेन्ट जनरल हलेवीले जे भने, ”यसको स्पष्ट संकेत इजरायली सेना लेबनान प्रवेश र आक्रमण गर्न सक्छ ।”

इजरायल डिफेन्स फोर्सको कथनअनुसार, ”हामी उनीहरूमाथि आक्रमण जारी राख्नेछौं र यी आक्रमणहरू सबै पक्षबाट हुनेछन् ।”

सेनाको विज्ञप्तिमा भनिएको छ, ”उद्देश्य स्पष्ट छ कि नागरिकहरू उत्तरी क्षेत्रमा फर्किनुपर्दछ । त्यसका लागि हामी प्रक्रिया सुरु गर्ने तयारीमा छौं । यसको अर्थ तिम्रो पाइला शत्रूको इलाकामा पस्नेछ ।”

लेफ्टिनेन्ट जनरल हेलेवीले भने, ”हाम्रा सिपाहीहरूले शत्रू र त्यसका आधारहरू नष्ट गर्नेछन् ।”
इजरायल लेबनान प्रवेश गर्न कोशिस गरिरहेको कुनै संकेत थिएन । अमेरिकाले सेप्टेम्बर २५ मा पनि इजरायल छिट्टै लेबनान प्रवेश गर्ने जस्तो नरहेको बताएको थियो ।

तर, इजरायली सेना प्रमुखको भनाइले अवस्था स्पष्ट पारेको छ । उत्तरी मोर्चामा सेनाका दुई रिजर्भ ब्रिगेडलाई बोलाएपछि यो वक्तव्य दिइएको हो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button