६ माघ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
प्रधानन्यायाशीशले न्यायाधीश सिफारिस गर्न लागेको भन्दै बारको विरोध
Banner NewsBanner news (with photo)अन्तर्वार्ताअर्थतन्त्रताजा समाचारदेशमुख्य समाचारराजनीतिसूचना / प्रबिधि

प्रधानन्यायाशीशले न्यायाधीश सिफारिस गर्न लागेको भन्दै बारको विरोध

चितवन। नेपाल बार एशोसिएसन विभिन्न माग राखी आन्दोलनमा न्यायाधीश सिफारिस उत्रिएको छ । बारमा आबद्ध अधिवक्ताहरूले आज (बुधबार) काठमाडौंको  रामशाह पथस्थित कार्यालय अगाडि आन्दोलन गरेका हुन् ।Nepal Himalayas Tours and Travel

अवकाशमा जान लागेका प्रधानन्याधीशले बैठक राखेर न्यायाधीश सिफारिस गर्न खोजेको भन्दै बारले विरोध जनाएको हो । यसअघि संशोधित नियमावली खारेजीको मागमा ध्यानाकर्षण गराउँदा बार बेञ्च समन्वय समितिको वार्तामा समाधान निकाल्ने सहमति भएकोमा सोविपरीत बिदामा बसेका प्रधानन्यायाधीशबाट न्यायपालिकालाई गम्भीर असर पार्ने निर्णय हुन लागेको भन्दै ध्यानाकर्षण गराइएको बारले जनाएको छ ।

उनीहरूले न्याय परिषद् नियमावलीमा भएको गैरसंवैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज गर्न माग राखेका छन् । यस्तै न्यायालयमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम हुनुपर्ने, स्वतन्त्र न्यायपालिकाको रक्षा गर्नुपर्नेलगायत माग उनीहरूले राखेका छन् ।

यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा १५५ मा भएको संशोधन खारेज गरी पूर्ववत् व्यवस्था लागू गर्नुपर्ने माग पनि उनीहरूको छ । उनीहरूले विगो, जरिवाना तिरेपश्चात् मात्र पुनरावेदन, मुद्दा दोहोर्‍याइ पाऊँ निवेदन दर्ता गर्ने स्वेच्छाचारी र गैरन्यायिक कार्यको अन्त्य गर्न पनि माग राखेका छन् । प्रदर्शनमा बारका अध्यक्ष गोपालकृष्ण घिमिरे पनि सहभागी थिए।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button