२२ आश्विन २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
नयाँ प्रणालीबाट एक महिनाभित्र ई-पास सिंहदरबारमा
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्राविधिक समाचारमुख्य समाचारवाग्मती प्रदेशसफलताको कथासूचना / प्रबिधि

नयाँ प्रणालीबाट एक महिनाभित्र ई-पास सिंहदरबारमा

चितवन। सरकारले सिंहदरबार प्रवेश गर्दा जारी हुने क्यूआरसहितको अनलाइन पाससमेत झन्झटिलो भएपछि नयाँ प्रविधिको ई-पास सिंहदरबारमा जारी गर्न तयारी थालेको छ ।

सोमबार मुख्यसचिव एक नारायण अर्यालको अध्यक्षतामा भएको सचिव बैठकले गृह मन्त्रालयले सहरी विकास मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा एक महिनाभित्र सिंहदरबार प्रवेश गर्नेका लागि ई-पास सिंहदरबारमा दिने प्रणाली कार्यन्वयनमा ल्याउने निर्णय गरेको छ ।

Nepal Himalayas Tours and Travel

स्रोतका अनुसार अहिलेको अनलाइन प्रणालीबाट पनि सिंदरबार छिर्न लामो प्रक्रिया पूरा गर्नुपर्ने भएपछि यस्तो निर्णय भएको हो ।

ई–गेटपास प्रणाली अनलाइनबाट सिंहदरबार छिर्ने गेट पास लिने प्रणाली हो । यसअनुसार अहिले फोन गरेर पनि माग्न सकिने सिंहदरबारको पास साउनदेखि अनलाइनबाटै लिन सकिने भएको छ ।

देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा सर्वसाधारणहरू प्रवेश गर्न सम्बन्धित निकायले गेट पासको अनुमति दिनुपर्ने अवस्था छ ।

अहिले गृह मन्त्रालयले क्यूआर कोडसहितको गेट पासको व्यवस्था गरेको छ ।

‘सिंहदरबार पास’ वेबसाइटमा गएर अकाउन्ट बनाउने र युजर आईडी र पासवर्ड राखेर पासका लागि अनलाइनबाट अनुरोध गर्ने प्रणाली बनाइएको छ ।

बैठकले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धतालाई प्रत्येक मन्त्रालयले आ-आफ्नो कार्यक्रममा उच्च प्राथमिकताका साथ समावेश गरी कार्यान्वयनलाई शीघ्रता दिने निर्णय पनि गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न क्युआर कोडसहितको एप विकास गरी १५ दिनभित्र लागु गर्ने निर्णय गरेको छ ।

singhadurbar e pass

singhadurbar e pass

singhadurbar e pass

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button