गोर्खा मिडियासँग जोडिएका प्रहरीका पूर्वडिआइजी छविलाल जोशी पक्राउ
चितवन। सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि प्रहरीलाई निर्देशन दिएलगत्तै पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ। उनी गोर्खा मिडियाका तत्कालीन सञ्चालक हुन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतवार गोर्खा मिडियाका तत्कालीन सञ्चालकसमेत रहेका पूर्वप्रहरी नायव महानिरीक्षक (डिआइजी) छविलाल जोशीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनलाई आजै साँझ हवाई उडानबाट पोखरा पठाइने जनाएको छ।
पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम हिनामिनामा संलग्न भएको देखिएको भन्दै संसदीय छानबिन समितिले दिएको प्रतिवेदनमा कारबाहीका लागि सिफारिश गरिएका जोशीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँबाट पक्राउ गरेको हो।
सहकारी रकम छानबिन संसदिय विशेष समितिले सहकारीहरुको रकम दुरुपयोग र अपचलनमा छविलाल जोशीलाई पनि प्रमुख पात्रका रुपमा किटान गरेको छ ।
विभिन्न सहकारीको रकम ऋणको रुपमा निकाल्ने काममा उनको समेत प्रमुख भूमिका रहेको समितिको निष्कर्ष छ । समितिको निर्णय कार्यान्वयनको निर्णय भएलगत्तै जोशी पक्राउ परेका हुन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले जोशीमाथि अनुसन्धान गर्नुपर्ने भएकाले नियन्त्रणमा लिएको बताए। गत बिहीवार बसेको मन्त्रिपरिषदको निर्णयअनुसार आज गृहमन्त्री लेखकले छानबिन प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए।
समितिको प्रतिवेदनमा गोर्खा मिडिया नेटर्वकका तत्कालीन अध्यक्ष जितेन्द्रबहादुर (जिबी) राई, प्रबन्ध निर्देशक पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछाने र सञ्चालक जोशीलगायतलाई कारबाही गर्न सिफारिश गरिएको छ।