२२ आश्विन २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व संकलन
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाकोशी प्रदेश (प्रदेश-१)ताजा समाचारदेशमुख्य समाचारसूचना / प्रबिधिस्थानीय तह

झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व संकलन

जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु. ६६ लाख १५ हजार राजस्व संकलन गरेको छ ।

नौ हजार सात सय ६९ सवारीसाधन कारबाहीबाट उक्त राजस्व संकलन गरिएको कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए।

Nepal Himalayas Tours and Travel

सो अवधिमा सबैभन्दा धेरै एक हजार छ सय ८४ जिप, कार तथा भ्यानलाई कारबाही गर्दा रु. १० लाख पाँच हजार पाँच सय राजस्व संकलन भएको छ । यसैगरी एक हजार दुई सय ३१ मोटरसाइकल, छ सय ९६ ट्रक, दुई सय १० बस, एक सय ७४ टिपर, एक सय ८४ ट्याक्टर र तीन सय छ टेम्पो कारबाहीमा परेका छन् ।

कार्यालयको तथ्यांकका अनुसार साउन १० र भदौमा छ गरी सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ । सोही अवधिमा दुर्घटनामा परी ३२ जना सख्त घाइते र तीन सय ६० जना सामान्य घाइते भएका थिए । प्रनानि गौतमका अनुसार पछिल्लो दुई महिनामा जिल्लाभरिमा दुई सय ३६ दुर्घटना भएका छन् । यस अवधिमा दुई सय २६ मोटरसाइकल, चार ट्रक, ११ बस, ३५ जिप/कार, तीन ट्र्याक्टर, ४३ टेम्पो, एक टिपर र दुई अन्य सवारी दुर्घटनामा परेका थिए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button