२२ आश्विन २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
अहिलेको संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको छ : प्रधानमन्त्री
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारमुख्य समाचारविचार दृष्टिकोणसफलताको कथासूचना / प्रबिधि

अहिलेको संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको छ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् ।

आज संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको समेत बताएका छन् ।

Nepal Himalayas Tours and Travel

प्रधानमन्त्री ओलीले अहिलेको संविधानले सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको पनि बताएका छन् । ‘आज संविधान दिवस, हाम्रो राष्ट्रिय दिवस ।

दशकौं लामो संघर्ष र सयौंको बलिदानको फलस्वरूप जनता आफैंले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले पहिलोपटक निर्माण गरेको संविधान । यसले सबैलाई अधिकार सम्पन्न बनाएको छ’, शुभाकामना सन्देशमा भनेका छन् ।

उनले भनेका छन्, ‘सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको छ । यसको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्छ ।’

‘जनताले लामो समयसम्म भोगेको निरंकुशता आजको पुस्ताले पनि बिर्सन नहुने भन्दै ओलीले यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा समाजलाई निरंकुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र मष्तिस्कमा आउने उल्लेख गरेका छन् । त्यसैले ओली भन्छन्, ‘यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नु पर्छ । सबै दिदीबहिनी, दाजुभाइमा संविधान दिवसको शुभकामना !’ प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button