२२ आश्विन २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
गौर प्रादेशिक अस्पतालमा अख्तियारको छापा
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारसुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तहस्वास्थ्य

गौर प्रादेशिक अस्पतालमा अख्तियारको छापा

रौतहट । रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेकाे छ ।

अख्तियारको टोलीले सोमवार राति प्रादेशिक अस्पतालमा छापामारी गरेको हो । टोलीले अस्पतालको स्टोर रुममा खरिद अनुसारको औसधि उपकरण भए नभएको बुझी मुचुल्का गरी लगेका छन् ।

Nepal Himalayas Tours and Travel

अख्तियारको टोलीले खोजे अनुसार परिमाणको उपकरण र सामग्री नपाएपछि सोही अनुसार मुचुल्का गरी लगेको अस्पताल श्रोतले जनाएको छ । स्टोरमा रहेको उपकरण र औषधीबारे अख्तियारको टोलीले प्रादेशिक अस्पताल गौरका स्टोर किपर राम अश्रे मुखियासँग केहिबेर सोधपुछ गरेको थियो । अस्पताल बिकास समितिका अध्यक्ष अनवर साहमीले अख्तियारको टोली आएको पुष्टि गरेका छन् ।

मधेश प्रदेशका प्रादेशिक आपूर्ति समितिले प्रदेशभरी अस्पतालहरुमा आपूर्ति गरेको औषधी तथा स्वास्थ्य उपकरणमा अनियमितता भएको अख्तियारमा उजुरी परेपछि टोली परिचालन भएको अध्यक्ष हासमीले जानकारी दिएका छन् । हासमीका अनुसार अख्तियारको टोलीले प्रदेशको सबै प्रादेशिक अस्पतालमा औषधी र स्वास्थ्य उपकरणबारे छानबिन सुरु गरेको छ ।

उता अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरको मिलोमतोमा गोप्य टेन्डर गरी औषधी उपकरण खरिद, टाईल्स मार्बल जडान, मर्मत संहार, टिकट काउन्टरको रकम हिनामिना, भवन रङरोगन, ईन्धन, न्यानो झोला बितरण, करार कर्मचारी भर्नादेखि निजी क्लिनिक र ल्याबसंग साठगाठ गरेको बिभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन हुँदै आएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button