अनेकौँ काण्डलाई छोप्न कांग्रेस-एमाले गठबन्धन
चितवन । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य सुरेशकुमार आले मगरले कांग्रेस—एमाले गठबन्धन लामो समयसम्म रहनेमा आशंका व्यक्त गरेका छन्।
सरकारमै रहेका मन्त्रीहरुले एमालेसँगको गठबन्धन खुकुरीको धारमा हिँडेजस्तै भएको भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै धेरै समय वर्तमान गठबन्धन टिक्न नसक्ने दाबी गरेका हुन्।
गत असारमा एकीकृत समाजवादीले १०औँ महाधिवेशन सम्पन्न भएको डेढ महिनापछि भर्खरै निर्वाचनमार्फत पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गरेको छ ।
दुई चरणमा मनोनीत गरिएका केन्द्रीय सदस्यलाई मतदाता बनाएर पदाधिकारी निर्वाचन गराएपछि महाधिवेशन हलको म्यान्डेट विपरीत भएको भन्दै विरोध पनि भएको छ । यद्यपि, सहमति जुट्न नसकेपछि प्रतिस्पर्धाबाट पदाधिकारी चयन गर्नु उत्तम उपाय भएको नेतृत्वले दाबी गरेको छ ।
अध्यक्ष माधवकुमार नेपालकै सचिवालयबाट मतदानको बेला आचारसंहिता विपरीत ‘चिर्कटो’ बाँडेर निर्वाचन प्रभावित गरेको आरोप पनि केन्द्रीय सदस्यहरूले लगाएका छन् । अध्यक्ष नेपालले केन्द्रीय समिति बैठकमै उक्त प्रकरणको छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचनबाट पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्दा केन्द्रीय कमिटी बैठकले महाधिवेशनकै झल्को दिएको थियो ।
प्रधानमन्त्री ओलीले त कांग्रेस–एमाले गठबन्धन ०८४ सम्मै जान्छ । प्रधानमन्त्रीमा आलोपालो सहमतिअनुसार नै कांग्रेस सभापति शेरबहादुर देउवालाई समयमै सत्ता छाड्नु भन्दै आउनुभएको छ त ?
प्रधानमन्त्री ओली एकथोक भन्छन्, अर्कोथोक गर्छन् । ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने’ बताएको होइन ? प्रचण्डलाई पनि ०८४ सम्मै सत्तासमिकरण हुन्छ, त्यसपछि पनि गठबन्धन गरेर निर्वाचनमा जाने कुरा भनेको होइन ? ओलीको कुरा पत्याएकै कारण प्रचण्डले धोका पाएको हामीले बिर्सनु हुँदैन । ओलीले हिजो प्रचण्डलाई धोका दिए, भोलि देउवालाई धोका दिन्छन् । ओलीले अहिले कांग्रेससँग फाइदा लिन देउवालाई पकाउँदै छन् । फाइदा लिइसकेपछि देउवालाई ओलीले कसरी पन्छाउँछन् हेर्दै जानुहोला ।