४ आश्विन २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
दिनेश डिसी बने चलचित्र विकास बोर्डको नव नियुक्त अध्यक्ष - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारसफलताको कथासूचना / प्रबिधि

दिनेश डिसी बने चलचित्र विकास बोर्डको नव नियुक्त अध्यक्ष

चितवन। दिनेश डिसीले चलचित्र विकास बोर्डको अध्यक्षको कार्यभार सम्हालेका छ्न्।

चलचित्र विकास बोर्डको नव नियुक्त अध्यक्ष दिनेश डिसीले आईतवार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङबाट नियुक्ति पत्र ग्रहण गरेका छन् । डिसीले आईतवार मन्त्रालय पुगेर नियुक्ति पत्र बुझेका हुन् ।

Nepal Himalayas Tours and Travel

योसँगै अध्यक्ष डिसीले सोमवारदेखि विकास बोर्डको अध्यक्षको रुपमा कार्यभार सम्हाल्ने भएका छन् । नियुक्ति पत्र प्रदान गर्ने क्रममा मन्त्री गुरुङले अध्यक्ष डीसीलाई वधाई तथा शुभकामना दिएका थिए । त्यस क्रममा मन्त्री गुरुङले आफूलाई शुभकामना दिँदै मार्गदर्शन गरेको डिसीले बताएका छन् ।

अध्यक्ष डिसीले त्यसअघि पूर्व सञ्चार मन्त्री तथा एमाले महासचिव शंकर पोखरेलसंग भेटघाट गरेर मार्ग निर्देशनसहितको शुभकामना ग्रहण गरेका थिए ।

आइतवार राति कलाकर्मीसंग कुराकानी गर्दै नवनियुक्त अध्यक्ष डिसीले सोमवार पदभार ग्रहण गरेर शुभकामना ग्रहण गरेपछि दिउँसो प्रधानमन्त्रीसंग भेटघाट गरेरमार्ग निर्देशन ग्रहण गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।

नियुक्ति पत्र बुझेपछि प्रतिक्रिया दिँदै अध्यक्ष डिसीले विकास बोर्डलाई नयाँ ढंगबाट अघि बढाउने योजना सुनाएका छन् । उनका अनुसार अब बोर्डका सबै कुरा जिरोबाट प्रारम्भ हुनेछन् । बोर्डका राम्रा चीज यथावत रहनेछन् भने पुराना सबै कमिटी खारेज गरिनेछन् । डिसीले बोर्डको बजेट पनि पुनः ल्याउने बताएका छन् ।

गत विहीबार मन्त्रिपरिषदको बैठकबाट बोर्डको अध्यक्षमा नियुक्त भएका डिसीले सोमवार कार्यभार सम्हालेपछि सरस्वतीनगर, चावहिलस्थित बोर्डको हलमा नवनियुक्त अध्यक्षलाई वधाई दिन चाहनेको लागि कार्यक्रम आयोजना गरिँदैछ ।

अध्यक्ष डिसीले सोमवार एक दिनमात्र शुभकामना तथा वधाई ग्रहण गर्ने बताएका छन् । उनी भन्छन् – ‘कार्यभार सम्हालेको दिन एक दिन मात्र शुभकामना लिन्छु । धेरै दिनसम्म शुभकामना ग्रहण गर्दै तस्विर खिचाएर बस्दिन । सबैको शुभेच्छा छँदैछ । भोलि एक दिन शुभकामना ग्रहण गरेपछि म काममा मात्र केन्द्रित हुनेछ । यो एउटा नयाँ कार्य थालनी भोलिदेखि नै गर्दैछु ।’

बोर्डको हलमा ११ देखि २ बजेसम्म शुभकामना लिने कार्यक्रम आयोजना गरिएको छ ।

‘बक्स अफिस र बजारीकरणका एजेण्डामा १०० दिनमा बोल्छु’

सात दिन म अध्ययन गर्छु । यो अवधिमा म पूर्वसञ्चारमन्त्री, सचिव, पूर्वसदस्यसचिव, पूर्वबोर्डका सदस्यसँग के हुन गयो त भन्नेबारेमा कुरा बुझ्छु । साथै, अहिले नियमित फिल्म बनाइरहेका निर्माता, वितरक र निर्देशकसँग पनि कुराकानी गर्छु । अन्तर्राष्ट्रियरुपमा फिल्म वितरण गरिरहेकालाई पनि भेट्छु ।

हामी व्यक्तिगत रुपमा काम त गरिरहेका छौं तर एक हुन सकेका छैनौं । एकता गराउने काम बोर्डको हो । बोर्डले गर्छ । जिरोबाट काम सुरु गर्ने हो । यो प्रक्रियामा मलाई नियुक्ति दिने संस्था र मलाई रिकमेन्ड गर्ने संस्थाको एजेण्डा कार्यान्वयन गर्ने प्रक्रियामा स्वदेशी फिल्मको हित र प्रवर्धनमा काम गर्ने क्रममा कहींकतै ढिलासुस्ती र असहयोग गरेको महसुस भएको दिन नियमानुसार उहाँहरुलाई पावरलेस गर्नुपर्ने हो कि सचेतना गराउनुपर्ने नियममा म तत्काल एक्सनमा जान्छु ।

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँछु । भ्रष्टाचार भएको थाहा पाएको ३० मिनेटमा उहाँलाई पावरलेस गरिनेछ । बक्स अफिस, बजार व्यवस्थापन, अन्तर्राष्ट्रियकरणका मुद्दा र वितरणका यी चार एजेण्डामा म १०० दिनमा मिडियासँग बोल्छु ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button