११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कांग्रेस र एमाले मिल्नु ओभरअल सिस्टममै जोखिम हो : महामन्त्री गगन थापा
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोण

कांग्रेस र एमाले मिल्नु ओभरअल सिस्टममै जोखिम हो : महामन्त्री गगन थापा

चितवन। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र एमाले सत्ता साझेदारीलाई ठीक ठाउँमा पुर्याउन चुनौतीपूर्ण भएको बताएका छन् । उनले एमाले र कांग्रेस मिलेर सरकार बनाउने कुरा सबैले चाहेअनुसार नै भएको बताए ।

उनले भने, ‘हामी सबैले चाहेको निर्णय र परिणाम आएको छ । यो निर्णयलाई ठीक ठाउँमा पुर्याउन भने चुनौतीपूर्ण छ ।’

Nepal Himalayas Tours and Travel

उनले एमाले र कांग्रेसका बीचमा सरकार बनाउने निर्णयलाई ठीक ढङ्गले अगाडि बढाउने जिम्मा पार्टी सभापतिको भए पनि सबैले साथ दिनु पर्ने बताए । उनले कांग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्दै यसका आफ्नै च्यालेन्ज भएको बताए ।

एमाले र कांग्रेस मिल्दा ओभरअल सिस्टममै जोखिम भएको थापाको बुझाइ छ । ‘हिजो एमाले सत्तामा हुँदा कांग्रेस प्रतिपक्षमा थियो । हामीले प्रश्न गर्दा भेन्टिलेटर हुन पाएको थियो । हामी सत्तामा हुँदा एमाले प्रतिपक्षमा थियो त्यो बेला पनि भेन्टिलेटर हुन पाएको थियो’, थापाले भने, ‘अहिले त हामी दुवै सरकारमा छौं । यो बेला हामीले काम गरेर परिणाम दिनपर्ने छ । हामी काम गरेर परिणाम दिन लागि पर्ने छ ।’

यो भन्दा अगाडि कांग्रेस र एमाले पाउँदा जिम्मेवारी पूरा गरेको भन्दै अब पनि पुरा गर्ने उनले बताए । नेतृत्वका बीचमा हुने हार्दिकता विश्वास र समझदारी महत्त्वपूर्ण हुने बताए । उनले पार्टी सभापति र एमाले अध्यक्षका बीचमा हुने विश्वास हार्दिकता र विश्वास सरकार सञ्चालनमा महत्वपूर्ण हुने बताए ।

योभन्दा अगाडिको गठबन्धन हामीले भनेर केही लेखेर विषय उठाएका कारण भङ्ग नभएको बताए । उनले पार्टीका बीचमा सम्बन्ध भएको बताए । उनले विद्यालय क्याम्पसमा समेत एमालेसँगै प्रतिस्पर्धा भएको थापाले बताए ।

दुई पार्टीका बिचमा हरेक ठाउँमा प्रतिस्पर्धा भएर संयन्त्र बनाएर नै काम गर्नु पर्ने उनको भनाइ छ । उनले भने, ‘अहिले केपी ओली नेतृत्वको सरकारलाई सफल बनाउनु पनि छ भोलि ८४ को चुनावमा पनि प्रतिस्पर्धा गर्नु छ । यसले अहिले हामीले व्यतित्वलाई पनि जोगाएर राख्नु पर्छ । हामीले गरेका स-साना कुराले ठूलो प्रभाव पर्ने भएकाले जोखिम रहेको छ ।’

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button