४ आश्विन २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
झाडा पखालाबाट बाँकेमा एकैदिन चार जनाको मृत्यु - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रस्थानीय तहस्वास्थ्य

झाडा पखालाबाट बाँकेमा एकैदिन चार जनाको मृत्यु

चितवन। बाँकेको नरैनापुरमा झाडा पखालाबाट एकै दिन चार जनाको मृत्यु भएको छ ।

आइतबार नरैनापुर–३ गेगली गाउँमा एक्कासि फैलिएको झाडा पखालाबाट वर्ष २५ कि रुसा पासी र उनकी छोरी वर्ष डेढ कि नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय यूसुफको मृत्यु भएको हो । त्यस्तै नरैनापुर-३ गेगली गाउँमा एक्कासि फैलिएको झाडा पखालाबाट गाउँका १० जना बिरामी परेका छन् ।

Nepal Himalayas Tours and Travel

भारतीय सिमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको जानकारी पाउनासाथ स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर विरामीको उपचार गरिरहेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिए ।

अत्यधिक गर्मी र खानेपानीमा केही गडबडी भएका कारण सो गाउँमा झाडा पखाला फैलिएको हुनसक्ने स्वाथ्यकर्मीको भनाइ छ । फोहोर पानीका कारण उनीहरूमा झाडापखाला लागेको र मृत्यु भएको हुनसक्ने बताइएको छ ।

यसैगरी, भेरी अस्पतालमा पनि नेपालगन्जका ३ जना झाडापखालाका बिरामीको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश थापाले बताए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button