३ चैत्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सुनको मूल्य ६ सयले घट्यो, चाँदीको मूल्य पनि ओरालो
Uncategorized

सुनको मूल्य ६ सयले घट्यो, चाँदीको मूल्य पनि ओरालो

चितवन। आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा झरेको हो ।

Nepal Himalayas Tours and Travel

यस्तै आज चाँदीको मूल्य पनि ओरालो लागेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार गत शुक्रबार प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १७ सय ९५ रुपैयाँमा झरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ५०३ अमेरिकी डलर र चाँदी २८.८६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button