४ आश्विन २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
प्रहरी प्रमुखको जिब्रो थुत्ने अधिकार कहाँबाट पाए मन्त्री गुरुङले ? - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारबिचित्रमुख्य समाचारराजनीतिविचार दृष्टिकोणस्थानीय तह

प्रहरी प्रमुखको जिब्रो थुत्ने अधिकार कहाँबाट पाए मन्त्री गुरुङले ?

चितवन । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले प्रहरी प्रमुखको जिब्रो थुत्नुपर्ने भन्दै विवादास्पद अभिव्यक्ति दिएका छन् । प्रेस चौतारी नेपाल गण्डकीले पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले संघीय प्रहरी ऐन कार्यान्वयनमा प्रहरी प्रमुखले असहयोग गरेको आरोपसमेत लगाएका छन् ।

Nepal Himalayas Tours and Travel

मन्त्री गुरुङले संघीय प्रहरी ऐनको विरोध गर्ने त्यही सेक्टरका मानिसहरु धेरै भएको दाबी गर्दै प्रहरी प्रमुखलाई सम्बोधन गर्दै भने, ‘अस्ति प्रहरीको आईजीपीले के भन्यो? म लागू नै गर्दिनँ, हुँ गर्छ । त्यस्तो बोल्न पाउने कि नपाउने ? त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरि ।’

प्रधानमन्त्री केपी शर्मा ओली रुखो अभिव्यक्तिका कारण चर्चित छन् । उनका नेतृत्वको सरकारमा यसअघि गोकुल बाँस्कोटा ओलीभन्दा पनि चर्को र रुखो सुनिन्थे । अहिले ओली सरकारकै अर्का मन्त्री त्यही शैली पछ्याउँदै एकपछि अर्को विवादास्पद वक्तव्यबाजीमा उत्रिएका छन् । यसअघि गुरुङले सञ्चार क्षेत्रमा व्यापक भ्रष्टाचार रहेको भनी टिप्पणी गरेका थिए । तर त्यो भ्रष्टाचार कसले कहाँ गरेको हो भनेर अहिलेसम्म सार्वजनिक गरेका छैनन् ।

मन्त्री गुरुङ सरकारका प्रवक्ता पनि हुन् । त्यसैले उनको अभिव्यक्ति सरकारकै धारणा हुन जान्छ । उनको भनाइबाट के बुझिन्छ भने प्रहरी प्रमुख वसन्त बहादुर कुँवरले सरकारलाई टेरेका छैनन् । सरकारले उनलाई कारबाही गर्न खोजेको छ तर सकेको छैन ।

देशको प्रमुख सुरक्षा अंगले निर्वाचित सरकारको आदेश मानिरहेको छैन भन्नु निकै गम्भीर कुरा हो। यसले राष्ट्रिय सुरक्षा माथि पनि गम्भीर प्रश्न उठाउँछ । तसर्थ उनले कि त आफ्नो भनाइ प्रमाणित गर्न सक्नुपर्छ । होइन भने नागरिक सरकार र प्रहरीबीच द्वन्द्व र अविश्वास सिर्जना हुने गरी वक्तव्यबाजीमा उत्रिने मन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्छ ।

खासमा प्रहरीमा आफ्नो आदेश वा निर्णय कार्यान्वयन गराउन नसक्ने कुनै पनि मन्त्री वा प्रधानमन्त्रीले एक मिनेट पनि पदमा बस्ने नैतिक अधिकार राख्दैन । अझ प्रहरी प्रमुखको आत्मसम्मान गिराउने र जिब्रो थुत्नेजस्ता हिंस्रक अभिव्यक्ति दिने व्यक्ति त मन्त्री पदका सर्वथा लायक छैनन् भन्दा फरक पर्दैन ।

दुईदलीय व्यवस्थाको वकालत निजी विचार हाे
एमाले उपमहासचिवसमेत रहेका मन्त्री गुरुङले दुईदलीय व्यवस्थाको पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारे। एमालेले जनताको बहुदलीय जनवादको नीति लिएर हिँडेकाले दुईदलीय व्यवस्थाको वकालत गर्न नसक्ने भन्दै उनले यसको वकालत गर्ने हो भने जनताको बहुदलीय जनवाद पार्टीले छाड्नुपर्ने भनाइ राखे।

दलहरूबिचको स्वच्छ प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने विषयलाई जनताको बहुदलीय जनवादले जोड दिएकाले दुईदलीय व्यवस्थाको वकालत गर्ने विषय पार्टी नीतिविपरीत रहेको उनको भनाइ थियो।

पार्टी महासचिव शंकर पोखरेलले पछिल्ला दिन स्थिरताका लागि दुईदलीय व्यवस्थामा जानुपर्ने धारणा राख्दै आएका छन्। गुरुङले कसैको व्यक्तिगत अभिव्यक्ति पार्टीको धारणा नभएको जिकिर गरे।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button