१० चैत्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
मकवानपुर र चितवनमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारस्थानीय तह

मकवानपुर र चितवनमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

चितवन । चितवनमा भारी वर्षा भएको छ । चितवनको कल्याणपुर–माडी वर्षामापन केन्द्र र आसपासमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार थप वर्षा हुन सक्ने देखिएको छ ।

Nepal Himalayas Tours and Travel

चितवनको कल्याणपुरमा ४५.६ मिलिमिटर वर्षा भएको छ। ओखलढुंगामा ३६.२ मिलिमिटर वर्षा भएको छ। चितवनकै देवघाटमा पछिल्लो एक घन्टामा ३३.४ मिलिमिटर वर्षा भएको छ।

रिउ खोला र यसका सहायक नदीहरूमा आकस्मिक बाढीको सम्भावना देखिएको छ । नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

मकवानपुरको हात्तीसुँडेमा भारी वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो एक घन्टामा ५६ मिलिमिटर वर्षा भएको छ।

मकवानपुरको हात्तीसुँडै, हेटौंडा, चितवनको कल्याणपुर, शक्तिखोर, देवघाट वर्षा मापन केन्द्रमा भारी वर्षा भएकोले सो जिल्ला भई बहने लाल बकैया नदी, दुधौरा खोला, रिउ खोला र यसका सहायक नदीहरुमा बहाव केही बढ्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनु पर्नेछ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button