९ चैत्र २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सामाजिक काममा युवापुस्तालाई एकैसाथ लिएर हिँड्नुपर्छ : महामन्त्री थापा
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोण

सामाजिक काममा युवापुस्तालाई एकैसाथ लिएर हिँड्नुपर्छ : महामन्त्री थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुदायले गर्ने समुदायले गर्ने सामाजिक काममा सरकारको साथ र सहयोग आवश्यक पर्ने बताएका छन् ।

Nepal Himalayas Tours and Travel

गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रद्वारा १७औं पुस्तकालय दिवस एवम् १५९औं मोती जयन्तीका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले सामाजिक काममा युवापुस्तालाई एकैसाथ लिएर हिँड्नुपर्ने बताए ।

‘पुस्तकालय बनाउन गर्ने जस्तो सामाजिक काम सहज हैन, यहाँको अग्रजहरूले वातावरण बनाएर पुस्तकालय स्थापना गरेको धन्यवाद भन्न चाहन्छु, अहिलेको समयमा सामुदायिक अध्ययन केन्द्रको आवश्यकता अझ धेरै छ, पुस्तकालयले सामुदायिक चेतना जनाउनुपर्ने र यसलाई नयाँ पुस्तालाई जोड्नुपर्ने आवश्यकता छ । सूचनामाथि पहुँच जमाउनेभन्दा प्राप्त गरेको सूचनाको विवेचना गर्ने क्षमता हुनुपर्छ,’ उनले भने ।

उनले विकासको पछिल्लो चरणमा रहेका देशहरूले विकासमा समुदायलाई जोड्न नसकेसम्म विकास नहुने जनाउँदै यसका लागि पुस्तकालय महत्त्वपूर्ण हुने बताए ।

उनले भने, ‘पुस्तकालय समुदायको एउटा अङ्ग हो, यसले अरुलाई पनि प्रेरित गर्छ । सामाजिक सञ्जाल र सूचनाहरुमा समय बिताउनेभन्दा पुस्तकालयमा समय बिताउने कार्यलाई बढी जोड दिनुपर्छ ।’

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button