महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या

जनकपुरधाम । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकास्थित नेपाल आयल निगम लिमिटेडका महेन्द्रनगर डिपोका एक कर्मचारीको हत्या भएको हो । डिपोका कर्मचारी राकेश वर्माको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आयल निगमकै कर्मचारीबीच भएको आपसी झगडाको क्रममा वर्माको बिहीबार राति हत्या भएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
सरसफाइको विषयमा विवाद हुँदा वर्मामाथि बेल्चा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । वर्मा नेपाल आयल निगम लिमिटेडमा ज्यालादारीका कर्मचारी थिए ।

घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।