४ आश्विन २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
एन्फाले वर्षको उत्कृष्ट महिला तथा पुरुष फुटबल खेलाडीलाई कार दिने
Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशमुख्य समाचारसफलताको कथा

एन्फाले वर्षको उत्कृष्ट महिला तथा पुरुष फुटबल खेलाडीलाई कार दिने

चितवन। अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा वर्षको उत्कृष्ट महिला तथा पुरुष फुटबल खेलाडीले उपहार स्वरुप कार प्राप्त गर्ने भएका छन् ।

एन्फाको मंगलरबार र बिहीबार बसेको बैठकले वर्षमा समान एक महिला र एक पुरुष खेलाडीलाई प्रात्साहन स्वरुप कार दिने निर्णय गरेको हो।

Nepal Himalayas Tours and Travel

यसैगरी बैठकले उत्कृष्ट रेफ्री र प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ र मोटरसाइक, लाइफ टाइम एचिमभेन्ट अवार्ड स्वरुप ५ लाख रुपैयाँ र मोटरसाइकलरस्कुटर प्रदान गर्ने निर्णय गरेको छ।

एन्फाले उत्कृष्ट खेलाडी, रेफ्री तथा प्रशिक्षक छनोटका लागि पुरुषोत्तम थापाको संयोजकत्वमा हरि थापा र सञ्जिव मिश्र सदस्य रहनेगरी समिति गठन गरेको छ।

यसैगरी एन्फा महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर पुर्याउने, राष्ट्रिय टोलीका खेलाडीलाई मासिक ३० हजार रुपैयाँ दिने, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण नगर्ने, रशरथ रंगशालामा कृतिम घाँस रोप्न, एन्फा मुख्यालय मैदानको कृतिम मैदानलाई सुधार गर्न, विभिन्न रंगशालामा कृतिम घाँस रोप्न बजेट छुट्टाउनका लागि प्रस्ताव पेश गर्ने, विभिन्न प्रतियोगिताका लागि बजेट छुट्टाउनेलगायतका निर्णय गरेको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button