११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बाँकेमा बस दुर्घटना: दुई जनाको मृत्यु, २५ जना घाइते
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचार

बाँकेमा बस दुर्घटना: दुई जनाको मृत्यु, २५ जना घाइते

चितवन। बाँकेको राँझा चोक नजिकै रत्न राजमार्गको सुर्खेत सडकखण्डमा आज बस दुर्घटना भएको छ।

उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

Nepal Himalayas Tours and Travel

कोहलपुर–नेपालगन्ज सडकखण्डको गनापुरमा बस अनियन्त्रित भई पल्टिँदा दाङको तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र वर्ष २४ का बसका सहचालक सन्तोष भुसालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

आज दाङबाट नेपालगन्जतर्फ गइरहेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस बाँकेको गनापुरमा भन्ने स्थानमा दुर्घटना हुँदा अन्य २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले थाहाखबरलाई जानकारी दिए।

घाइतेहरूमध्ये २१ जनाको भेरी अस्पतालमा, ५ जनाको कोहलपुरस्थित मेडिकल कलेजमा र १ जनाको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बस अत्यधिक गतिमा रहेका कारण अनियन्त्रित भएर पल्टेको प्रहरीले जनाएको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button