१० चैत्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
डा. मुकुल ढकाललाई साधारण सदस्यबाट हटाउने रास्वपाको निर्णय - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीति

डा. मुकुल ढकाललाई साधारण सदस्यबाट हटाउने रास्वपाको निर्णय

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्व महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको छ।

Nepal Himalayas Tours and Travel
रास्वपा सभापति रवि लामिछानेको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय समितिको बैठकले डा. ढकाललाई साधारण सदस्यबाट हटाउने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले बताए।
केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रवक्ता झाले भने, “डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेका छौं।”
यसअघि डा. मुकुल ढकाललाई महामन्त्री र केन्द्रीय सदस्यबाट हटाइएको थियो। त्यसपछि पनि पार्टी विरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण मागिएको थियो।
पछिल्लो पटक मागिएको स्पष्टीकरण पनि चित्तबुझ्दो नभएको भन्दै रास्वपाको केन्द्रीय समितिले साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको झाले बताए।
डा. ढकालले दुवै पटक स्पष्टीकरण बुझाउँदा सभापति लामिछानेमाथि प्रश्न गरेका थिए।
सभापति लामिछानेका कारण पार्टी अप्ठ्यारोमा पर्दै गएको उनको आरोप थियो।
यसअघि गत असार २५ मा बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो। त्यति वेला केन्द्रीय समितिको निर्णयमा चित्त नबुझे पुनरावेदन गर्न भनिएको थियो। त्यसका लागि ३५ दिनको समय दिएको थियो।
डा. ढकालले पुनरावेदन गरेनन्। उनी त्यस विरुद्ध निर्वाचन आयोग पुगेका थिए। आफू संस्थापक महामन्त्री भएका र केन्द्रीय समितिले पार्टीको विधान विपरीत हटाएको भन्दै निर्वाचन आयोगमा दिएको निवेदन विचाराधीन छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button