२८ असार २०८२, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
१० लाख दिने लोभमा भारत पुर्‍याएर मिर्गौला बेच्ने दुईजना पक्राउ - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्वास्थ्य

१० लाख दिने लोभमा भारत पुर्‍याएर मिर्गौला बेच्ने दुईजना पक्राउ

चितवन। विभिन्न प्रलोभनमा भारतको कोलकत्ता पुर्‍याएर मिर्गौला झिकेको आरोपमा २ जना पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पीडितको उजुरीपछि दुईजनालाई पक्राउ गरेको हो ।

Nepal Himalayas Tours and Travel

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुर भीमफेदी गाउँपालिका-२ घर भएकी ४२ वर्षीया शान्तिमाया घलान रहेका छन् ।

उनीहरूले पीडितलाई मृगौला बिक्री गरेमा १० लाख कमाउन सकिने लोभ देखाएर लगेको ब्युरोले बताएको छ । प्रहरीका अनुसार गिरोहले पीडितको स्वास्थ्य परीक्षण गराई काठमाडौंबाट वीरगञ्ज हुँदै भारतको कलकत्ता पुर्‍याएका थिए ।

थप अनुसन्धानको क्रममा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको एकाघर परिवारभित्रको व्यक्ति भन्ने विश्वास दिलाउन नेपाली नागरिकताको प्रमाणपत्र समेतका कागजात झुट्टा बनाई धाकधम्की दिएको पनि उनीहरूमाथि आरोप छ ।

उनीहरुले आर्थिक अवस्था कमजोर भएका २८ वर्षीय एक पुरुषलाई १० लाख रुपैयाँको प्रलोभन देखाएर भारत पुर्‍याई मृगौला झिकेको पाइएको छ।

दुवैजनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ९ दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button