४ आश्विन २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ महिला फूटबल च्याम्पियन - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियखेलकुदताजा समाचारदेशबिचित्रमुख्य समाचारसफलताको कथा

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ महिला फूटबल च्याम्पियन

चितवन। नेपाललाई ३-१ ले स्तब्ध पार्दै बंगलादेशले साफ महिला फूटबलको जितेको छ।

Nepal Himalayas Tours and Travel

दशरथ रंगशालामा भएको रोमाञ्जक खेल जितेर बंगलादेश नयाँ च्याम्पियन भएको छ । बंगलादेशका लागि कृष्णरानी सरकारले दुई गोल गरिन्। यस्तै साम सुन्नहारले एक गोल गरिन ।

बंगलादेशले साफ वुमेन्स च्याम्पियनसिप जितेको यो पहिलो पल्ट हो । नेपाल भने पाँचौं पल्ट फाइनलमा पराजित भयो । महिला फुटबलमा नेपाल दशरथ रंगशालामा पराजित भएको यो पहिलो पल्ट हो । पहिलो हाफमै २ गोल खाएर पछि परेको नेपालले दोश्रो हाफमा एक फर्काउंदै एक गोल खायो ।

नेपालका लागि अनिता बस्नेतले ७०औं मिनेटमा एक गोल फर्काइन् । नेपालले दोस्रो हाफमा बंगलादेशमाथि चर्को दबाब सिर्जना गरे पनि ती निर्णायक भएनन् ।

बंगलादेशले नेपाललाई हराएको यो पहिलो पल्ट हो । यसअघि दुई टिमबीच भएका आठ खेलमा नेपाल अपराजित थियो । तर पूरा प्रतियोगितामा अपराजित बंगलादेशले एक गोल मात्र खायो र आफूलाई ‘वास्तविक विजेता’ सावित गर्दै उपाधी जित्यो ।

 

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button