२ श्रावण २०८२, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीति

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

चितवन। प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्दै छ ।

आजको बैठकमा उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

Nepal Himalayas Tours and Travel

त्यस्तै सांसद डा.तोसिमा कार्कीले हैजा माहामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने भन्ने सार्वजनिक महत्त्वको विषयमाथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गराउने कार्यसूची रहेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button