११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सरकार नक्कली भुटानी शरणार्थी र विद्युत महसुल नतिर्ने व्यापारी बचाउन लागेको छ: प्रचण्ड - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीति

सरकार नक्कली भुटानी शरणार्थी र विद्युत महसुल नतिर्ने व्यापारी बचाउन लागेको छ: प्रचण्ड

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने र अरु अपराधीलाई बचाउने खतरनाक खेलमा लागेको दाबी गरेका छन् ।

Nepal Himalayas Tours and Travel

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले विभिन्न काण्डमा एकार्कालाई जोगाउन र उन्मुक्ति दिन मिल्ने सामान्य अपराध नभएको बताए । ‘यो सम्मानित संसदमा मेरो पछिल्लो सम्बोधनमा यही रोष्टममा उभिएर मैले चुनौतीका साथ भनेको थिएँ, सरकारको पछाडि विचौलिया र माफिया छ र त्यही माफियाकै सेवामा यो सरकारको सबै प्रतिष्ठा समाप्त हुनेछ, त्यति भन्दाभन्दै मलाई लागेको थियो, सरकारले केही दिन त सङ्कोच मान्ने छ, केही दिन त लाज मान्ने छ,’ उनले भने ।

यस्तै, उनले सरकारले आफ्नो नैतिक धरातल देखाउन चाँडो गरेको बताए । उनले भने, ‘सरकार यति हतारमा देखियो कि बिरालोले म्याउ गर्न एक हप्ता पनि लागेन, लोडसेडिङको बेलाको डेडिकेटेड र ट्रंकलाइनको बिलको विवादमा प्रधानमन्त्री रोष्टममा उभिनु भयो, कडा रुपमा उभिनु भयो, तर जसका पक्षमा जसरी उभिनु भयो, त्यो देखेर सिङ्गो देश स्तब्ध भयो ।’

यो सरकार सुशासनसँग तर्सिएर, सुशासनको वेगलाई रोक्न, आफूहरू र आफ्नाहरु जोगाउन र जोगिन बनेको उल्लेख गर्दै उनले भने, ‘तैपनि मलाई लागेको थियो, कम्तिमा नक्कली भुटानी शरणार्थी प्रकरणमा केही दिन त सरकारले यताउती अल्मल्याउला, अनुसन्धान भइरहेको भान देला, जनतासँग अलिअलि डराउला, तर यहाँ पनि दुई तिहाइको बलियो सरकारले बल देखाउन सात दिन पनि पर्खेन ।’

नक्कली भुटानी शरणार्थी काण्डको राजनीतिक कडीमा प्रवेश गरेका प्रहरीका विशेष ब्यूरो प्रमुखको सरुवालाई गम्भीर घटनाको रुपमा लिनु पर्ने उनको भनाइ थियो । उनले सोधे, ‘हिजोको सरकारले भुटानी शरणार्थी, बाँसवारी, बालमन्दिर लगायतका थुप्रै काण्डको सफल छानबिन गर्दै थियो, नयाँ सरकार आयो र के गर्यो ? हिजो ती काण्डको छानबिन गरिरहेका प्रहरी अधिकृतमाथि नै छानबीन सुरु गर्यो, यसरी हुन्छ दुई तिहाइको सुशासन ?’

विभिन्न काण्डमा परेकालाई उन्मुक्ति दिन मिल्ने सामान्य अपराध नभएको उल्लेख गर्दै उनले अन्तराष्ट्रिय जगतमै नेपालको कानूनी, नैतिक, राजनीतिक र सामाजिक प्रतिष्ठा धुलोपिठो टिप्पणी गरे ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button