११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
टुँडिखेलमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी, बालेनको पक्षमा हुटिङ - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीति

टुँडिखेलमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी, बालेनको पक्षमा हुटिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध काठमाडौंको टुँडिखेलमा नाराबाजी भएको छ ।सुदूरपश्चिमको मुख्य चाड गौरा पर्वमा गएका प्रधानमन्त्री ओलीविरुद्ध दर्शकदीर्घाको अन्तिम लहरबाट नाराबाजी भएको हो ।

Nepal Himalayas Tours and Travel

उनीहरूले ‘केपी तेरो पाराले, दुःख पाएर साराले’सहितका नारा लगाएका थिए । मञ्चको केही टाढाबाट नाराबाजी गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

उनीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा भने हुटिङ गरेका थिए । नाराबाजीको अन्त्यतिर उनीहरूले ‘बालेन, बालेन’ भनेर हुटिङ गरेका थिए ।

नारा चलिरहेकैबीचमा पोडियममा सम्बोधन गर्न कांग्रेस सभापति शेरबहादुर देउवा पुगेका थिए । देउवा पोडियममा पुग्नासाथ भिड उत्तेजित बन्यो । उत्तेजित भिडले नेताहरूको विरोधमा ‘मुर्दावाद’ को नारा लगाउन थालेको थियो ।

त्यसपछि देउवा पनि आक्रोशित भए । उनले भने, ‘तपाईंहरूले जति गरे पनि बोल्नेवाला छु म। जति गरेपनि गर्नुस्। जति कराए पनि कराउनुस्। जति कराउनुपर्ने छ कराउउनुस्,’ देउवाले भने।

भिड झनै आक्रमक बन्न थाल्यो । त्यसपछि कार्यक्रम बिथोल्न आएकाहरू भन्दै देउवा रिसाए । उनले भने, ‘लाज पनि छैन, अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू ? अर्काको कार्यक्रम बिथोल्ने ? लाज छैन ? यही हो तपाईंहरूको संस्कृति ? यही हो तपाईंहरूको चलनरु यही कुरा सिकेर आएको होरु बदमासहरू ।’

सांस्कृतिक पर्वमा आमन्त्रित भएर पुगेका प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने समूहको पहिचान नभएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक एसपी नवराज सुवेदीका अनुसार विरोधमा उत्रिएकाहरू अहिलेसम्म पक्राउ परेका छैनन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button