४ आश्विन २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
विष्णु माझीको ‘आइन आमा यो तीजमा’ तीज गीत सार्वजनिक - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)ताजा समाचारदेशसफलताको कथासूचना / प्रबिधि

विष्णु माझीको ‘आइन आमा यो तीजमा’ तीज गीत सार्वजनिक

चितवन। लोकप्रिय लोकदोहोरी गायिका विष्णु माझीको ‘आइन आमा यो तीजमा’ तीज गीत सार्वजनिक भएको छ ।

शनिबार बिहान सपना म्युजिक इंडस्ट्रीज नामक युटुब च्यानल मार्फत माझीको नयाँ तीज गीत सार्वजनिक भएको हो ।

Nepal Himalayas Tours and Travel

गायिका माझीको स्वर रहेको गीतमा शब्द तथा संगीत माझीका श्रीमान् सुन्दरमणि अधिकारीले दिनुभएको छ । गीतमा तीजमा समेत माइत जान नपाएकी चेलीको पीडा व्यक्त गरिएको छ ।

तीज गीतमा मौलिकता हराउन थालेको प्रसङ्गमा यो गीतले मौलिक तीज गीतको प्रतिनिधित्व गर्छ । भिडिओमा ललिता पौडेल र साथीहरूले अभिनय गर्नुभएकाे छ ।

शम्भु चालिसेले खिचेको भिडिओ प्रविन भट्टले सम्पादन गर्नुभएकाे हाे । भिडिओमा मौसम हिमालीको कोरियोग्राफी छ भने निर्माण तथा निर्देशन सुन्दर स्वयम्‌ले गर्नुभएकाे छ ।

शनिबार बिहान ‘सपना म्युजिक इन्डष्ट्रिज’ नामक युट्युव च्यानलबाट गीत रिलिज भएको थियो । यो गीतलाई युट्युवमा अहिलेसम्म झण्डै २० लाख जनाले हेरेका छन्। लाइक समेत झन्डै डेड लाख रहेको छ।

टिकटक र रिल्समा समेत यो गीतमाथि प्रशस्तै भिडियो बनेका छन् । तीनदिनअघि सरकारले टिकटकलाई खुला गरेपछि विष्णु माझीको नयाँ गीतलाई झनै फाइदा पुगेको देखिएको छ ।

उनको अघिल्लो गीत ‘चरी जेलैमा’ले दुई सातामा १ करोड भ्यूज प्राप्त गरेको थियो । छोटो समयमा करोड क्लबमा पुग्ने गीतमा भने प्रकाश सपुतको गीत ‘सकम्बरी’ छ । सपुतको उक्त गीतले एक सातामा करोड भ्यूज पाएको थियो । साथै, त्यो गीतले रिलिजको दिनमा १० लाख भ्यूज पाएको थियो ।

फिल्म ‘छक्कापञ्जा’ श्रृंखलाका केही गीतले पनि २४ घण्टामा ९/१० लाख भ्यूज पाएका थिए ।

उनको अघिल्लो गीत ‘चरी जेलैमा’ले दुई सातामा १ करोड भ्यूज प्राप्त गरेको थियो । छोटो समयमा करोड क्लबमा पुग्ने गीतमा भने प्रकाश सपुतको गीत ‘सकम्बरी’ छ । सपुतको उक्त गीतले एक सातामा करोड भ्यूज पाएको थियो । साथै, त्यो गीतले रिलिजको दिनमा १० लाख भ्यूज पाएको थियो ।

फिल्म ‘छक्कापञ्जा’ श्रृंखलाका केही गीतले पनि २४ घण्टामा ९/१० लाख भ्यूज पाएका थिए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button