७ फाल्गुन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
चितवनको घुमाउनेमा बस पल्टियो, १० जना घाइते
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

चितवनको घुमाउनेमा बस पल्टियो, १० जना घाइते

चितवन । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा यात्रुवाहक बस दुर्घटना भएको छ ।

Nepal Himalayas Tours and Travelमहेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आइतबार बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि भरतपुर लगिएको छ । बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button