४ आश्विन २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
आँबुखैरेनी बस दुर्घटनाः मृतकको शव पोष्टमार्टम भरतपुर अस्पतालमा विहानैदेखि सुरु (नामावलीसहित)
Banner NewsBanner news (with photo)ताजा समाचारदेशपर्यटनप्रवासबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्वास्थ्य

आँबुखैरेनी बस दुर्घटनाः मृतकको शव पोष्टमार्टम भरतपुर अस्पतालमा विहानैदेखि सुरु (नामावलीसहित)

चितवन। आँबुखैरेनी बस दुर्घटनाको मृतकको शव पोष्टमार्टमका लागि भरतपुर ल्याइएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा शव परीक्षण सुरु गरिएको छ । आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरु गरिएको हो ।

Nepal Himalayas Tours and Travel

बसमा सवार ४३ मध्ये दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ । उनीहरुमध्ये २६ जनाको शव आँबुखैरेनी अस्पतालमा संकलन भएको थियो भने एक जनाको उपचारको क्रममा चितवनको पुरानो मेडिकल कलेज मृत्यु भएको थियो । सबै मृतकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेश्वर रिमालले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरु सबै भारतीय नागरिक भएका कारण नेपालस्थित भारतीय दूतावासका प्रतिनिधि समेत भरतपुर आएका छन । उहाँका अनुसार पोष्टमार्टमपछि दूतावासमार्फत् शव आफन्तलाई जिम्मा लगाइने छ ।

दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो । उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको प्रनाउ रायले बताए । मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ ।

भारतको गोरखपुरबाट पर्यटक लिएर आएको बस भदौ ४ गते बेलहिया नाकाबाट नेपाल प्रवेश गरेको थियो । भैरहवाबाट पोखरा पुगेका भारतीय पर्यटकहरू शुक्रबार बिहान काठमाडौंका लागि पोखराबाट हिँडेका थिए ।

उनीहरू सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान साढे ११ बजे मर्स्याङ्दी नदी किनारमा खसेको थियो ।

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक शिव थापाको नेतृत्वमा दश जना र जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीको नेतृत्वमा ५१ जना, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन गण कुरिनटारबाट प्रहरी नायब उपरीक्षक विजय हमालको नेतृत्वमा ३५, नेपाली सेनाको कालीभञ्जन गण (इ) बाट सेनाको टोली उद्धारमा जुटेको थियो ।

 

यी हुन् दुर्घटनाका घाइते र मृतक (नामावलीसहित)
शिक्षण अस्पताल काठमाडौं ल्याइएका घाइते :

१) वतन नखुलेको वर्ष ६० को सुनिल झाण्डे कम्मरमा चोट बोल्न नसक्ने अवस्था सिरिएस । ऐ १५ः१५ बजेको समयमा थप उपचारको लागि हे.क.द्वारा टिचिङ अस्पताल काठमाडौं पठाइएको ।
२) वतन नखुलेको वर्ष ३२ को अबिनास पटेल दुबै खुट्टा र छातीमा चोट अबस्था सिरियस । ऐ १५ः१५ बजेको समयमा थप उपचारको लागि हे.क.द्वारा टिचिङ अस्पताल काठमाडौ पठाइएको ।
३) वतन नखुलेको वर्ष ४५ की भारती पटेल अनुहारमा र शरीरको विभिन्न भागमा चोट रहेको अवस्था सिरियस । ऐ १५ः१५ बजेको समयमा थप उपचारको लागि हे.क.द्वारा टिचिङ अस्पताल काठमाडौं पठाइएको ।
४) वतन नखुलेको वर्ष ५५ को न्यारेश्वर नोन्डे अवस्था गम्भिर रहेको, शरीरको बिभिन्न ठाउँमा चोट । ऐ १५ः१५ बजेको समयमा थप उपचारको लागि हे.क.द्वारा टिचिङ अस्पताल काठमाडौं पठाइएको ।
५) वतन नखुलेको वर्ष ४५ की रेखा कोटी अवस्था सिरियस रहेको शरीरको बिभिन्न ठाउँमा चोट । ऐ १५ः१५ बजेको समयमा थप उपचारको लागि हे.क.द्वारा टिचिङ अस्पताल काठमाडौ पठाइएको ।
६) वतन नखुलेको वर्ष ५८ को आन्नद इक्ले । अवस्था गम्भिर रहेको । शरीरको बिभिन्न ठाउँमा चोट । ऐ १५ः१५ बजेको समयमा थप उपचारको लागि हे.क.द्वारा टिचिङ अस्पताल काठमाडौं पठाइएको ।
७) वतन नखुलेको वर्ष ६० की आशा पाण्डुरा पटेल अवस्था गम्भिर रहेको । शरीरको बिभिन्न ठाउँमा चोट रहेको । ऐ १५ः१५ बजेको समयमा थप उपचारको लागि हे.क.द्वारा टिचिङ अस्पताल काठमाडौं पठाइएको ।
८) वतन नखुलेको वर्ष ५६ को हेमराज सरौती । अवस्था मध्यम बोल्न सक्ने । शरीरको बिभिन्न ठाउँमा चोट । ऐ १५ः१५ बजेको समयमा थप उपचारको लागि हे.क.द्वारा टिचिङ अस्पताल काठमाडौं पठाइएको ।
९) वतन नखुलेको वर्ष ४३ की रुपाली सरौदी । बिभिन्न ठाँमा चोट अवस्थामागम्भिर रहेको । ऐ १५ः१५ बजेको समयमा थप उपचारको लागि हे.क.द्वारा टिचिङ अस्पताल काठमाडौं पठाइएको ।
१०) वतन नखुलेको वर्ष ६० की शारदा पटेल । अवस्था गम्भिर रहेको । बिभिन्न ठाउँमा चोट रहेको । ऐ १५ः१५ बजेको समयमा थप उपचारको लागि हे.क.द्वारा टिचिङ अस्पताल काठमाडौं पठाइएको ।
११) वतन नखुलेको वर्ष ५८ की आशा बोन्डे दुबै हातमा र अनुहारमा चोट अवस्था गम्भिर रहेको । ऐ १५ः१५ बजेको समयमा थप उपचारको लागि हे.क.द्वारा टिचिङ अस्पताल काठमाडौं पठाइएको ।
१२) वतन नखुलेको वर्ष ५५ को प्रबिन पटेल । अनुहारमा र दुबै हात खुट्टामा चोट रहेको, अवस्था गम्भिर । ऐ १५ः१५ बजेको समयमा थप उपचारको लागि हे.क.द्वारा टिचिङ अस्पताल काठमाडौं पठाइएको ।

दोस्रो लटमा थप उपचारको लागि काठमाडौै ल्याइएको (१७ः३० बजे )
१) वर्ष ६७ को कुमोदिनी झाप्रे
२) वर्ष ४५ को सिम अनन्तास्कन्डे
३) वर्ष ५६ को हेमराज सरोद
४) वर्ष ४२ को नेलिमा घेरोङ

मृतकको नामावली :
वर्ष ६२ को तुक्सीराम तायडे–पुरुष
वर्ष ४५ को सुहास प्रभाकर राणे –पुरुष
वर्ष ६० को सुधाकर वकिराम जावके–पुरुष
वर्ष ४२ की सरला सुवास राणे – महिला
वर्ष ४५ की मंगला बिलास राणे–महिला
वर्ष ५७ की निलिमा सुनिल घाडे –महिला
रोहिणी सुधाकर जावके
सागर कडु जावके
वर्ष ६० की भारती प्रकाश जावके–महिला
वर्ष ५० को संदिप राजाराम सरोदे–पुरुष
सुलभा पांडुरंग भारंवे
पल्लवी सन्दिप सरोदे
गणेश पांडुरंग भारंवे
निलीमा चन्द्रकान्त जावके
मिनल गणेश भारंवे
वर्ष ४४ को पंकज भगवन भंगाके–पुरुष
वर्ष ६० की सरला तुडसिराम ताछेडे–महिला
वर्ष ६ की परी गणेश भारंवे–महिला
वर्ष २८ को अनुप सरोजे–पुरुष
वर्ष ६० की सरला तुडसिराम ताछेडे–महिला
वर्ष ६२ की सुल्क वारमे–महिला
अनिता अविनाश पाटिल
मुर्तीजा खान
रुपाली हेमराज सरोजे
सरोज मनोज भिरुक
वर्ष १६ की सदना सुहास राय निधारमा चोट अवस्था गम्भिर रहेको, आँबुखैरेनी अस्पतालमा उपचार हुँदै । ऐ १३ः३० बजे पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको । ऐ. १५ः२६ बजे मृत घोषणा ।
गोकर्णी संदिप सरोदे
एक जनाको सनाखत हुन बाँकी

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button