४ आश्विन २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
संसदीय छानबिन समितिमा रविको बयान : सबै कुरा जीबी राईलाई नै थाहा होला - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)अन्तर्वार्ताताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोणसुरक्षा/अपराध

संसदीय छानबिन समितिमा रविको बयान : सबै कुरा जीबी राईलाई नै थाहा होला

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कुनैपनि सहकारीबाट गोर्खा मिडियामा आएको रकममा आफ्नो हस्ताक्षर, नागरिकता लगायतका कुनैपनि कागजात समावेश नभएको बयान दिएका छन्।

Nepal Himalayas Tours and Travel

शुक्रबार सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विषेश समितिलाई बयान दिने क्रममा उनले बुटवलको सुप्रिम, चितवनको सहारा, पोखराको सूर्यदर्शन र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीबाट आएको कुनैपनि ऋण र अन्य रकममा आफ्नो संलग्नता नभएको बताएका हुन्।

समितिका सभापति सूर्य थापाले दिएको जानकारी अनुसार, रविलाई सोध्नका लागि लगभग ५० वटा प्रश्न तयार पारिएका छन्। तीमध्ये झण्डै आधा प्रश्न सोधिएको उनले बताए। गोर्खा मिडियामा आर्थिक लेनदेनको सबै काम जीबी राईमार्फत नै भएको र आफू प्रशासनिक काममा मात्रै संलग्न रहेको बयान समितिलाई दिएको थापाले बताए।

आफू प्रशासकीय काममा मात्रै गोर्खा मिडियामा रहेको भन्दै उनले आर्थिक विषय जीबीलाई नै थाहा हुने दाबी गरेको सभापति थापाले बताए। ‘संस्थाको प्रबन्ध निर्देशकको रुपमा सामान्य रुपमा प्रशासकीय र आन्तरिक काममा संलग्न रहेको तर, आर्थिक स्रोत जुटाउने काम जीबी राईले गर्ने गरेको हुनाले कहाँबाट कसरी रकम प्राप्त भयो भन्ने बारेमा जीबी राईलाई थाहा हुने विषय राख्नुभएको छ,’ उनले भने।

साथै, आजै बिहान गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका छविलाल जोशीसँग पनि बयान लिइएको उनले बताएका छन्।‘गोर्खा मिडिया नेटवर्कसँग सम्बन्धित विभिन्न प्रश्नहरूमा, विभिन्न छानबिनमा देखिएका, संसद्मा उठेका, सार्वजनिक सञ्चारमाध्यममा आएका र जनसाधरणको तहमा उठेका प्रश्नको सन्दर्भमा दुई जना व्यक्तिलाई छलफलमा बोलाएका छौँ,’ सभापति थापाले भने, ‘११ बजेदेखि गोरखा मिडिया नेटवर्ककका संस्थापकमध्ये एक र पूर्वसञ्चालक छविलाल जोेशीसँग सोधपुछ गर्यौँ। उहाँले आफ्नो संलग्नता, स्थिति स्पष्ट गर्नुभएको छ। उहाँले सोधपुछमा सहभागी भएर लिखित अभिलेखमा हस्ताक्षर गरेर बिदा गरेका छौँ। उहाँले हाम्रा प्रश्नहरूको सविस्तार जवाफ दिनुभएको छ।’

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button