१० चैत्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कमला पुल निर्माणको सहमतिपछि आमरण अनसन स्थगित - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधस्थानीय तह

कमला पुल निर्माणको सहमतिपछि आमरण अनसन स्थगित

जनकपुरधाम। धनुषा र सिरहा जोड्ने नयाँ कमला पुल निर्माणका लागि जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि आमरण अनसनमा बसेका अभियन्ता र प्रदेश सरकारबीच सहमति भएको छ।

Nepal Himalayas Tours and Travel

दुवै पक्षबीच चारबुँदे सहमतिलगत्तै अनसनकारीहरूले आन्दोलन स्थगन गरेका छन्। मुख्यमन्त्री सतिशकुमार सिँहको उपस्थितिमा आन्दोलनकारीहरूले जुस खाएर अनसन स्थगन गरेका हुन् ।

सहमतिअनुसार नयाँ कमला पुलको निर्माण गरिने, नयाँ कमला पुलका लागि आवश्यक बजेट आव.२०८/२०८३ को वार्षिक बजेट सघ सरकारबाट प्राप्त नभएमा सम्पूर्ण बजेट मधेश प्रदेश सरकारको स्रोतबाट बेहोरिने र यसै वर्षको मंंसिर १ गतेभित्रमा पुल निर्माणको डिपिआर तयारीका लागि बोलपत्र आह्वान गरिने उल्लेख छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button