२९ कार्तिक २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
भारतीय बस मस्र्याङ्दी नदीमा खस्यो, १० जना यात्रुको मृत्यु, थपको उद्दार हुदै - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

भारतीय बस मस्र्याङ्दी नदीमा खस्यो, १० जना यात्रुको मृत्यु, थपको उद्दार हुदै

चितवन । तनहुँको अन्बु खैरेनी–२ स्थित ऐना पहारामा भारतीय यात्रुवाहक बस मस्र्याङ्दी नदीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी दीपककुमार रायका अनुसार शुक्रबार बिहान करिब ११ः३० बजे बस मस्र्याङ्दीमा खसेको हो ।

Nepal Himalayas Tours and Travel

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायका अनुसारयुपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परेको हो। बसमा करिब ४० जना यात्रु रहेको जानकारी पाएको उनले बताए।

प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धारको काम भइरहेको उनले बताए।

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १० जना यात्रुको मृत्यु भइसकेको छ। दुर्घटना स्थलमा उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको नेतृत्वमा ४५ जना फौज खटिएको उनले बताए।

डिएसपी रायले भने, ‘यात्रुबाहक बस अम्बुखैरेनीन–२ ऐना पहाराबाट मस्र्याङ्दी नदीमा खसेको बताइएको छ । अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको छ । दुर्घटनाको कारणबारे खुल्न बाँकी छ । थप विवरण आउना साथ् खबर गर्नेछौ ।”

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button