Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिसुरक्षा/अपराधसूचना / प्रबिधि
राष्ट्रियसभाबाट टिआरसी विधेयक सर्वसम्मत पारित

चितवन। राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ (टिआरसी विधेयक) पारित गरेको छ।
साउन ३० गते बुधबार प्रतिनिधिसभाबाट पारित टिआरसी विधेयक आज बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले सर्वसम्मत पारित गरेको हो।
सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सभामा विधेयक प्रस्तुत गरेका थिए। मन्त्री चौरसियाको प्रस्तावलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे।