३ जेष्ठ २०८२, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
हेटौंडा मकवानपुरको मनहरी गाउँपालिकामा भैंसी गोठभित्र मृत भेटियो बाघ - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

हेटौंडा मकवानपुरको मनहरी गाउँपालिकामा भैंसी गोठभित्र मृत भेटियो बाघ

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा बाघ मृत फेला परेको छ ।

आज बिहान सवा ३ बजे मनहरी गाउँपालिका–६ प्रतापुर बस्ने बलबहादुर राईको गोठमा बाघ मृत फेला परेको हो ।

Nepal Himalayas Tours and Travel

गोठमा बाँधेको भैंसी घाइते अवस्थामा र भैंसी नजिकै बाघ मृतावस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । डिएसपी भण्डारीका अनुसार बाघको मृत्युको कारण पत्ता लागिसकेको छैन ।

घटनास्थल चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्दछ । चितवन राष्ट्रिय निकुञ्जको सेनाको टोलीले मृत बाघ लगेर गएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button