५ बैशाख २०८२, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
टिकटकमाथिको प्रतिवन्ध हटाउने तयारी, मन्त्रालयले थाल्यो छलफल - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारदेशबिचारविचार दृष्टिकोणसूचना / प्रबिधि

टिकटकमाथिको प्रतिवन्ध हटाउने तयारी, मन्त्रालयले थाल्यो छलफल

चितवन । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिवन्ध हटाउने तयारी गरेको छ ।

टिकटकले नेपालको कानून तथा नीति/नियम पालना गर्ने प्रतिबद्धतासहित पत्राचार गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक माथिको प्रतिबन्ध फुकुवाका विषयमा छलफल सुरु गरेको हो ।

Nepal Himalayas Tours and Travel

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र कुमार ठाकुरले टिकटकले सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई सम्बोधन गरेर नेपालको कानून तथा नीति÷नियम पालना गर्ने प्रतिबद्धता जनाउँदै पत्र पठाएपछि यसविषयमा छलफल सुरु गरिएको बताए ।

यसअघि प्रधानमन्त्रीलाई सम्बोधन गरेर पत्राचार गर्दै आएको टिकटकले पछिल्लो पटक सिधै सञ्चारमन्त्रीलाई सम्बोधन गरेर पत्र लेखेको छ । मन्त्रालयका अनुसार नेपाल सरकार र टिकटकबीच आठ पटक पत्राचार भइसकेको छ । पछिल्लो प्रतिबद्धतासँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १० महिना अगाडि टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा हुने सम्भावना बढेको छ ।

 

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button