२४ असार २०८२, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
देउवा, ‘प्रचण्ड’ र माधव आज एउटै मञ्चमा सम्बोधन गर्दै - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीति

देउवा, ‘प्रचण्ड’ र माधव आज एउटै मञ्चमा सम्बोधन गर्दै

चितवन। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आज एउटै मञ्चमा सम्बोधन गर्दै।

Nepal Himalayas Tours and Travel

नेपाली काँग्रेसका पूर्वनेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति दिवसको कार्यक्रममा स्कुल अफ डेमोक्रसीले एउटै मञ्चमा ल्याउन लागेको हो ।

कार्यक्रम आज दिउँसो १ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना हुँदै छ ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा काँग्रेस सभापति देउवा सहभागी हुने छन् । विशिष्ट अतिथिको रूपमा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला र लोसपाका सभापति महन्थ ठाकुरलाई बोलाइएको छ ।

देउवा, ‘प्रचण्ड’ र माधव नेपाल एउटै सार्वजनिक मञ्चमा लामो समयदेखि देखिएका छैनन् । उनीहरू स्थानीय तह निर्वाचनको बेलामा चितवनमा एउटै मञ्चमा सहभागी थिए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button