Banner NewsBanner news (with photo)अन्तरास्ट्रियअन्तर्वार्ताताजा समाचारबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोणसूचना / प्रबिधि
एलन मस्कलाई मन्त्री बनाउने डोनाल्ड ट्रम्पको घोषणा

चितवन। नोभेम्बरमा हुने निर्वाचनमा आफूले जिते घरेलु विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई मन्त्रीपरिषद्मामा ठाउँ दिने अमेरिकाका पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् ।
तर यस प्रस्ताव बारे उनले हालसम्म पनि कुनै पनि प्रतिक्रिया व्यक्त गरेका छैनन् । यद्यपि मन्त्री बनाउने प्रस्ताव अमेरिकाका पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले गरेका हुन् ।
साथै उनले आगामी निर्वाचनमा आफू राष्ट्रपति पदमा विजयी भएमा घरेलु विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका मालिक मस्कलाई मन्त्रीपरिषद्मा(क्याविनेटमा) ठाउँ दिने बताएको भन्दै सीएनबीसीले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।
सोमबार मात्रै ट्रम्पले अन्तरराष्ट्रिय समाचार एजेन्सी रोयटर्ससँगको अन्तरवार्ताको क्रममा आफूले दोस्रो कार्यकाल जितेमा मस्कलाई मन्त्रीपरिषद्मा ठाउँ वा आफ्नो प्रशासन निकायमा सल्लाहकारको भूमिका दिने बताएका थिए ।
तर उनले नयाँ विद्युतीय कारलाई दिंदै आएको ७ हजार ५०० डलरको कर कर्जा भने खारेज गरिने बताएका छन् । यसले टेस्लाको व्यवसायलाई प्रभावित बनाउने अनुमान छ । ‘कर कर्जा वा कर प्रोत्साहन खासै राम्रो कुरा होइनन्’, ट्रम्पले रोयटर्सलाई भनेका छन् ।
गत जुलाईमा ट्रम्पलाई गोलि हानेर हत्या गर्ने प्रयास भएकोमा भाग्यले बाँचेका थिए । उक्त घटना भएयता मस्कले ट्रम्पलाई समर्थन गरेका थिए । उक्त घटना अघि भने मस्क ट्रम्पको आलोचक थिए । केहि साता अघि मात्र मस्कले समाजिक एक्समा डोनाल्ड ट्रम्पको अन्तरवार्ता पनि लिएका थिए । मस्क सामाजिक सञ्जाल एक्स(पहिला ट्वीटर) का पनि मालिक हुन् ।
सन् २०२१ को जनवरी ६ मा क्यापिटल हिलमा भएको दंगापछि ट्रम्पलाई एक्स प्लेटफर्मबाट दुई वर्षको लागि प्रतिबन्ध लगाइएको थियो। उनै मस्कले प्रतिबन्ध फुकुवा गरेपछि ट्म्प एक्समा फर्किएका छन् ।
विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति राष्ट्रपति जो बाइडेनको भए पनि उनले टेस्लालाई स्पष्ट रूपमा बेवास्ता गरेकोमा मस्कको चित्त दुखाइ छ ।सन् २०२१ मा ईभीसम्बन्धी ह्वाइट हाउसमा भएको सम्मेलनमा ईभी बजारमा उल्लेख्य हिस्सा ओगट्ने टेस्लालाई भने निम्ता गरिएको थिएन । सोही बेलादेखि मस्क बाइडेनप्रति थप नकारात्मक बन्दै आएको अनुमान छ ।

अमेरिकी व्यापारिक पत्रिका फोर्ब्सका अनुसार ट्रम्पले ईभीमैत्री कानून उल्ट्याए नै पनि टेस्लालाई ट्रम्प राष्ट्रपति हुँदा फाइदा नै हुन्छ ।बजार विश्लेषकहरुले भने ट्रम्पको जित भएमा भने अमेरिकाको सबैभन्दा ठूलो ईभी बिक्रेता टेस्लालाई भने सकारात्मक नै रहने बताएका छन् ।